आर्थिक समृद्धिको लागि प्रादेशिक औद्योगिक व्यापार महोत्सव सुरु (फोटो फिचर)

News Desk

News

अविरल ढकाल,
वैशाख १३, जुम्ला ।

कर्णाली प्रदेशको पहिलो “कृषि, पर्यटन, उद्योग, व्यापारको पूर्वाधार, जुम्ला विकासको मूल आधार” भन्ने मूल नाराका साथ प्रादेशिक औद्योगिक व्यापार महोत्सव आज बाट सुरु भएको छ । कर्णालीमै पहिलो पटक आयोजना भएको ठुलो र लामो औद्योगिक व्यापार महोत्सवको बिहिबार एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत कार्माले उद्घ्घाटन गरेका हुन् ।

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले महोत्सव उद्घाटन गर्ने कार्यक्रम भएपनि उहाँको कार्यब्यस्तताका कारण सांसद महतले उद्घाटन गरेका हुन् । व्यापार महोत्सव बैशाख २३ गतेसम्म संचालन हुने आयोजक संस्था जुम्ला उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सवलाई सफल पार्न उद्योगी, होटल व्यवसायी तथा सरोकावालाहरु लागि परेका छन्, भने महोत्सवमा देशकै ख्याति प्राप्त १ दर्जनबढि चर्चित कलाकारहरुको प्रस्तुति सहित स्थानीय कला संस्कृति प्रर्दशन गरिने भएपछि जिल्ला बाहिर तथा भित्रबाट महोत्सव हेर्न आउनेको निकै भिँड लाग्न थालेको छ ।

जिल्लाको समुचित विकास र यहाँका सम्भावानाहरुको प्रचारप्रसार गरी आर्थिक समृद्धि हाँसिल गर्ने उद्देश्यले महोत्सव शुरु भएको जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए । महोत्सव ब्यवस्थापनमा झण्डै १ करोड रकम अनुमानित लागत लाग्ने उनको भनाइ छ । उनका अनुसार बिहिबार शुरुको दिन मेला हेर्न आउने सबैले उद्घाटनको अवसरमा निशुल्क प्रवेश अवसर पाएका छन भने शुक्रबारबाट प्रतिदिन सय रुपैया टिकट लिनुपर्ने छ ।

?

कर्णालीकै लामो र ठुलो प्रादेशिक महोत्सवमा झण्डै १ सय बढी स्टलहरु राखिएका छन् । भने स्टल अवलोकन गर्नेहरुको निकै भिँड लागेको छ । बिहिबार पहिलो दिनमात्र झण्डै ५ हजार बढिले मेला अवलोकन गरेका छन् । राखिएका स्टलहरुमा अधिकांश स्टलहरु जुम्लामामै पाईने अर्गानिक उत्पादित बस्तु राखिएका छन् ।

अर्गानिक फापरको केक, कागुनाको खिर, जुम्ली मार्सी धानको चालम, सिमी, ओखर, चिनो, अर्गानिक सेल रोटी, कोदाका रोटी, आलु चिप्स लगायत गरी १ सय बढि अर्गानिक परिकारका स्टलमा राखिएका छन् । यस बाट अर्गानिक बालीको प्रचारप्रसारका साथै आर्थिक आम्दानीको स्रोत बढ्नेछ । त्यस्तै जुम्लामा पाईने लोपुन्मुख राडिपाखि र उनिका कपडा बिक्रि, जिल्लामा सम्भावनाका बोकेका विभिन्न पर्यटकिय क्षेत्रका फोटो प्रर्दशन गरीएका छन् । ७ हजार देखि २० सम्मका स्टलहरु अग्रिम बुकिङ भएका थिए ।

महोत्सव अबधिभर फ्रि वाईफाईको व्यवस्था गरिएको छ । महोत्सवमा हुने विभिन्न गतिविधिलाई सामाजिक संजालहरुबाट देश विदेशमा प्रचार प्रसार गर्न तथा फोटो, भिडियो जोसुकैलाई सामाजिक संजालमा तत्काल अपडेट गर्न सहजहोस् भन्ने ध्ययले फ्रि वाईफाईको व्यवस्था गरिएको हो ।
महोत्सव मुल आयोजकसँगको समन्वयमा सिम्पल ईन्टरनेट सिस्टम एण्ड टेक्नोलोजी प्रा.लि ले महोत्सव अबधिभर फ्रि वाईफाई सेवा संचालन गरेको प्रा.लि का प्रमुख हर्ष शाहिले बताए । यसले महोत्सव हेर्न आउनेहरुको लागि सामाजिक संजालमा अपडेट रहन सहज हुने भएको छ, भने महोत्सवमा अवलोकनकर्ताहरुको पनि संख्या बढ्ने देखिन्छ । हाल जिल्लाभरी संचालन अबस्थामा रहेको सिम्पल ईन्टरनेटले कर्णालीमै पहिलो पटक यस्तो ब्यवस्था गरेको हो ।

मेला हेर्न आउने आन्तरीक तथा बाह्य अवलोकनकर्ताहरुको सहजताका लागि महोत्सव अबधिभर कर्णाली राजमार्गमा चल्ने यात्रुवाहक सवारीमा १५ प्रतिशत भाडादर छुटको ब्यवस्था गरीएको छ । राजमार्गमा चल्ने साना तथा ठुला सबै यात्रुवाहक सवारीले यसअघि लिदै आएको भाडामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

महोत्सव मुल आयोजकको अनुरोधमा उद्योग बाणिज्य महासंघ र यातायात व्यवसायी महासंघले १५ प्रतिशत छुटको ब्यवस्था गर्न निर्देशन दिएको जुम्ला उद्योग बाणिज्य संघका कार्यालय प्रमुख पारस उपाध्यायले बताए । यो सेवा नेपालका जुनसुकै जिल्लाबाट महोत्सव हेर्न जुम्ला आउनेले प्रयोग गर्नेछन् ।

महोत्सवमा आकर्षक पुरस्कार सहित दोहोरी तथा देउडा संचालन हुने भएका छन् भने चर्चित कलाकारहरुको धमक्दार प्रस्तुति रहने भएको छ । जससमा स्थानिय संस्कृती झल्काउने, ढाल नाँच, बाल नाच, देउडा, हुड्के नाच लगायतका दर्जनबढी सयौ प्रस्तुति रहने छन् ।
त्यस्तै ख्यातीप्राप्त राष्टिय कलाकारहरुरमा माग्ने बुढा, पाँडे र जिग्री ब्रो, ज्योति मगर, पशुपति शर्मा, बद्रि पंगेनी, प्रमोद खरेल, पुस्कल शर्मा, अछामि बड्डो, कल्पना ढुंगाना, शुकदेव अधिकारी, खुमन अधिकारी, चक्र बम, गुलेली कान्छा, टंक तिमिल्सीना, गोपाल नेपाल, आरसी मगर, घिरौला जोडी, दाह्री बा, सम्झना लामिछाने मगर, रेखा जोशी, एमटी महरा लगाएतका विभिन्न चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ ।

?