कागलाई वेल पाक्यो हर्ष न विष्माद

अविरल ढकाल
वैशाख १५, जुम्ला ।

छायानाँथ रारा नगरपालिका वडा नम्बर १४ स्थित दरखे खोला लघु जलविधुत परियोजना अलपत्र परेसँगै स्थानियलाई “कागलाई वेल पाक्यो हर्ष न विष्माद” जस्तै भएको छ । २०६४ सालमा छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ मा रहेका तीन गाउँका ३ सय घरधुरीलाई भनेर जिल्ला उर्जा शाखाको सहयोमा निमार्ण भएको १९ किलो वाट दरखे खोला लघु जलबिधुत परियोजनाको काम सकिनै लाग्दा काम प्रति कसैले चासो नराख्दा परियोजना नै अलपत्र परेको उपभोक्ता समितिका अध्यक्ष चखं बडुवालले बताउनुभयो ।

एक दशक सम्म कसैले पनि रेखदेख र संरक्षण नगर्दा मेसिनमा खिया लागेको र पावरहाउस जिर्ण बन्दै गएको छ । बिजुलीको तारमा बालबालिका पिङ् खेल्छन् पोल पनि ढलेका छन् तर नत उर्जा शाखाले त्यसप्रति चासो देखाएको छ, नत स्थानीयले नत सरोकारवाले । सबै मौन छन् । अध्यक्ष बढुवालका अनुसार जिल्ला उर्जा शाखाले स्थानीयले श्रमदान गर्नुपर्ने र अनुदान जुटाउनु पर्ने भन्दै परियोजनाका लागि २९ लाख २५ हजार रकममा सम्झौता गरेको भएपनि स्थानीयले अनुदान रकम जुटाउन नसक्दा आयोजनाको काम अलपत्र परेको हो ।

९० प्रतिशत काम सम्पन्न भईसकेको परियोजनाको काम रोकिएको छ । बत्ति बाल्ने धोकोका साथ १२ बर्षसम्म बत्तिको पखाईमा बसेका स्थानीयको आँखामा उर्जा शाखाले छारो हालेर बिधुत दिनुको सट्टा मत्यु दिईएको स्थानको भनाई छ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर १४ वडाका ३ सय घरपरिवारमा बत्ती बाल्ने आशा निराशामा परिणत भएको छ ।

प्रकाशित मितिः शनिबार, बैशाख १५, २०७५     1:37:14 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *