छानविन समिति गठन गर्ने सहमतीमा ताला खुल्यो

२१ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत स्थित मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सुत्केरी हुन आउनुभएको एक महिलाको ज्यान गएपछि तनावग्रस्त भएको अस्पताल छानविन समिति गठन गरिएपछि अस्पतालमा लगाइएको ताला पिडित पक्षले खोलेको छ ।

महाबै गाउँपालिका ३ कालिकोट की ३२ बर्षिय मनिषा सिंहको आज विहान करिव ७ बजे सुत्केरी हुने क्रममा चिकित्सकको लापरवाहीले मृत्यु भएपछि मृतकका श्रीमान जगतबहादुर सिंह तथा मृतककी आमा कौशिला शाहीले आरोप लगाउनुभएको थियो ।

घटना भए लगतै पिडित पक्षले अस्पतालमा ताला लगाएर प्रदेशका मुख्यमन्त्री समक्ष दोषीलाई कारवाहीको माग गर्दै घटनाको सत्यतथ्य छानवीन गर्न माग गरेका थिए ।

पिडित पक्ष र अस्पताल प्रशासनको आग्रहमा नेपाल सरकार स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाले छानवीन समिति गठन गरे पछि ताला खोली अस्पतालको सेवा सुचारु गर्न दिएको मृतकका श्रीमान् जगतबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शुक्रबार, बैशाख २१, २०७५     12:06:29 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *