बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन प्रधानमन्त्रीसँग माग

२६ बैशाख । काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णालीको विकासको लागि गम्भीर रहेको बताएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधिको तर्फबाट बुधबार बालुवटारमा ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। मुख्यमन्त्री महेन्द्र बहादुर शाही संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वालालगायतको समूहले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका हुन्।

 ज्ञापनपत्रमा भौतिक पूर्वाधार, हवाई यातायात, सिंचाई, ऊर्जा तथा विद्युतिकरण, संचार, बस्ती विकास तथा पर्यटन, खोनपानी, शिक्षा, स्वास्थ्य र कृषिलगायतका विषयमा बजेट विनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ।

प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मुलधारमा ल्याउन यथासक्य बजेट विनियोजन गर्ने आश्वासन दिएका छन्।

अन्नपूर्णपोष्टअनलाइनबाट

प्रकाशित मितिः बुधबार, बैशाख २६, २०७५     4:00:47 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *