भिरबाट लडेर एकको मृत्यु, एक घाइते

२९ वैशाख – मुगुको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर ६ को बन्जाया भन्ने स्थानमा शुक्रबार भिरबाट खसेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन।

सोरु गाउँपालिका ६ जिमा गाउँका ३५ वर्षीय कर्णबहादुर लावड सोरुकोटबाट जिमा तर्फ फर्कदैं गर्दा मोडधारा भन्ने स्थानमा भिरबाट १ सय २० मिटर तल खस्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो। उनीसंगै आएका काला लावड भिरबाट खसे पनि बाँच्न सफल भएका छन।

मृतक लावड घरबाट चामल किन्न सोरुकोट गएका थिए भने काला फोतु गाउँबाट फर्किएका थिए। दुवै जनाको सोरुकोटमा भेट भएको र उनीहरूले मदिरा सेवन गरेर घर फर्कदैं गरेका थिए। दुबै जनाले एक आपसमा हात समाएर हिड्दै गर्दा दुवै जना भिरबाट १ सय २० मिटर तल खसेका थिए। भिरबाट खस्दा कर्णको घटना स्थलमा मृत्यु भएको र काला गम्भीर घाइते भएको काला लावडका काका प्रेम लावडले जानकारी दिए।

मृतक लावडको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ भने गम्भीर घाइते भएका काला लावडको पनि जिल्ला अस्पतालमा उपचार भइरहेको छ। नागरीक न्यूजबाट

प्रकाशित मितिः शनिबार, बैशाख २९, २०७५     9:04:09 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *