नेपाल पत्रकार महासंघ प्रदेशकै जग भएकोमा जोड

बैसाख ३०, सुर्खेत ।

नेकपा एमाले सुर्खेतका उपाध्यक्ष अमृतकुमार बिसिले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति प्रदेश कै जग भएको दाबि गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल सुर्खेत शाखाले नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश कार्यसमितिलाई आयोजना गरेको बधाई तथा शुभकामना ज्ञापन कार्यक्रममा बोल्दै उपाध्यक्ष बिसिले समृद्ध कर्णाली प्रदेश निर्माणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिदै यो समिति बलियो हुनु पर्ने सुझाव दिनुभयो ।

उहाँले चिन सँग सिमाना नजोड्दा सम्म प्रदेशको समग्र विकास सम्भव नहुने भन्दै सिमाना जोड्ने भूमिका निर्बाह गर्न पनि पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

शाखा अध्यक्ष सूर्यप्रकाश कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य त्रिभुवन बिसिले समग्र पत्रकारीताको विकासमा प्रदेश समितिले महत्वपूर्ण भूमिका निर्बाह गर्ने विस्वास गर्दै त्यसका लागि चौतारीले पूर्ण समर्थन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले प्रदेशका दशवटै जिल्लामा घुम्ति बैठक बस्ने, त्यहाँको पर्यटनका विकासमा जोड दिने बताउनु भयो । अध्यक्ष थापाले पत्रकारहरुले पेशामा कटिबद्ध हुँदै आचरण सुधार्नु पर्नेमा जोड दिदै आचारसंहिता उलंघन गर्ने र बल्याकमेलिंग गर्ने सदस्यहरु महासंघमा नरहने समेत घोषणा गर्नुभयो ।

प्रेस चौतारी नेपाल सुर्खेतको सल्लाहकार यूवराज शर्माले राज्यका तिन वटा अंगलाई खबरदारी गर्दै सम्भावनाको खोजी र समृद्धिको यात्रामा पत्रकारहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपाल शाखा सुर्खेतले आयोजना गरेको बधाई तथा धन्यबाद ज्ञापन कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका कार्यसमिति, सदस्यहरु तथा क्रियाशिल सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः आइतवार, बैशाख ३०, २०७५     7:44:54 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *