कुलमानले गरे उद्योगको लोडसेडिङ पनि अन्त्य, भोलिदेखि बत्ती नजाने

३० बैशाख काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङको पनि अन्त्य गरेका छन् । यसअघि २ देखि ४ घण्टासम्म उद्योग क्षेत्रमा लोडसेडिङ हुँदै आएको थियो तर सोमबारदेखि भने उद्योगमा पनि लोडसेडिङ अन्त्य हुने भएको छ ।

आइतबार देखि नै उद्योग क्षेत्रमा लोडसेडिङ छैन । तैपनि यसको औपचारिक घोषणा भने सोमबारदेखि मात्रै हुँदैछ । घिसिङले भने ‘सोमबारदेखि उद्योग क्षेत्रमा हुँदै आएको लोडसेडिङ हट्दैछ ।’

जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले घिसिङलाई वैशाखमै उद्योगमा रहेको लोडसेडिङ पनि हटाउन निर्देशन दिएका थिए । सोही अनुरुप वैशाखको अन्त्यमा आएर उद्योग क्षेत्रमा पनि लोडसेडिङ हटाएको घिसिङले जानकारी दिएका छन् ।

अनलाइनखबरबाट

प्रकाशित मितिः आइतवार, बैशाख ३०, २०७५     2:06:12 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *