राष्ट्रिय झण्डाको अपमानः प्रदेश २ का प्रमुख सचिवसहितसँग स्पष्टीकरण

३१ बैशाख, काठमाडौँः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंहलाई तीनदिने स्पष्टिकरण सोधेका छन् ।

मन्त्री पण्डितले सचिव सिंहसहितका पदाधिकारीलाई सोमबार तीन दिने स्पष्टीकरण सोधेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव सिंह, २ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव यज्ञबहादुर खत्री, धनुषाका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली तथा जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्री पण्डितले मन्त्रिस्तरीय निर्णय गर्दै तीन दिने स्पष्टीकरण सोधेको हुन् ।

उनीहरुलाई स्पष्टीकरणसहितको पत्र सोमवार नै पठाइएको मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमले जानकारी दिए ।

मोदीको अभिनन्दन कार्यक्रममा कर्मचारीहरुले लापारवाही गरेर नेपाली झण्डाको व्यवस्थापन गर्न नसकेको भन्दै उनीहरुलाई कारवाहीस्वरुप तीन दिने स्पष्टीकरण सोधिएको हो । त्यस कार्यक्रममा नेपाली झण्डाको स्वरुप बिगारेर अपमान गरिएको भन्दै देशव्यापी विरोध र आलोचना भएको थियो ।

अन्नपूर्णपोष्टबाट

प्रकाशित मितिः सोमवार, बैशाख ३१, २०७५     3:04:31 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *