
संसदको शुक्रबारको बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले दुई मिलेको जानकारी दिए । तत्कालीन एमाले र माओवादीका नेताहरु अब सत्तारुढ बेञ्चमा नयँ वरियताक्रमअनुसार बसेका छन् ।
नेकपाको वरीयताक्रमअनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहेकाले सत्तारुढ सिटमा प्रचण्ड पहिलो नबरमा बसेका हुन् । प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसे । चीनमा रहेका झलनाथ खनालको सिट खाली थियो ।
अनलाइनखबरबाट
