अनाथलाई ५ हजार बढि नगद र स्टेसनरी प्रदान गरे

कर्णाली प्रदेशका मुख्यमन्त्रीका मुख्य स्वकिय सचिव बिरबहादुर कुवर ‘सुरेश पहाडी’ ले अनाथ बालवालीका मध्ये एक महिनामा एक जनालाई आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
आर्थिक अभावका कारण शिक्षा हाँसील गर्न कठिनाई भोगीरहेका अनाथहरुलाई सहयोग गर्ने घोषणा सँगै कालीकोट जिल्ला सान्नी त्रिबेणि गाउँपालिका ४ स्थायी घर भई हाल उषा बालबाटिका सुर्खेतमा कक्षा २ मा अध्ययनरत एलिजा शाहीलाई बिद्यालयमै पुगेर ५ हजार, १ सय नगद तथा सिसाकलम, इलेजर, कटर, कापी सहितका स्टेसनरी सामान प्रदान गर्नु भएको छ ।
माओवादी केन्द्र जुम्लाका पूर्ब संयोजक समेत रहेका मुख्य स्वकिय सचिव कुवरले आर्थीक अबस्था कमजोर भएकै कारण पढ्न नपाउने अबस्थामा कमी ल्याउन आफूले यस्तो सहयोगको घोषणा सँगै प्रदान गरेको जानकारी दिँदै आगामी दिनमा पनि सके सम्मको सहयोगमा आफू निरन्तर लागि पर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नगद रकम र स्टेशनरी सामान पाएकोमा एलीजाले त खुसी ब्यक्त गरीन् नै उनकी आमा सरस्वतीले पनि छोरीको पढ्ने चाहानामा हौषला थपेकोमा आफू सार्है खुसी भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो मरो सहयोगी र भरोसाको केन्द्र बिन्दु ढलेपछि एक्लिएकी आफूलाई यो सहयोगले सहारा मिलेको महशुस गरेकी छु ।

२०६७ सालमा एलिजाको जन्म भएको हो र २०६७ सालमै उनका बुवा बसराज शाहीको जिल्ला सदरमुकाम मान्ममा हत्या भएपछि उनको चार जनाको परीवार अविभाव बिहिन बनेको हो । एलिजाकी आमा सरस्वतिले भन्नुभयो जेठि छोरी घरमै छ, माइलि छोरी काठमाण्डौ अनाथालयमा छ, कान्छि छोरी उषामा पढ्छ, म होष्टेलका काम गर्छु, बिद्यालयले मासिक फि निशुल्क गरेको छ ।


