
कर्णाली प्रदेश स्तरीय १० औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आज देखि वीरेन्द्रनगरमा सुरु भएको छ ।
जेठ २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबडी, मार्सल आर्ट र एथलेटिक्सका खेलहरु समावेस गरीने छन् । प्रतियोगितामा सहभागी खेलाडीले स्वर्ण, रजत र कास्य गरी ३ सय, ४ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा कर्णाली प्रदेशका १० वटै जिल्लाका ८ सय, ४० खेलाडीको सहभागिता रहेकोछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरीने छ ।
प्रतियोगितामा सहभागी भएका आएका खेलाडीलाई वास र यातायातमा कठिनाई उत्पन्न भएको जनगुनासो सुनिएकोछ ।
