बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु

२५ जेठ बझाङ

बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तलकोट गाउँपालिका–३, बस्टीकी ४५ वर्षीया मीरा रोकाया र सोही गाउँकी ३२ वर्षीया जुनकिरी चँदारा रहेका छन्। बिहीबार साँझ ६ः३० बजे सो घटना भएको प्रहरीले जनाएको छ।

जडीबुटी पहुँचमार्ग सडकखण्डअन्तर्गतको बस्टी भन्ने ठाउँमा ग्याबिन जाली भर्ने क्रममा घटना भएको जडीबुटी पहुँचमार्गका साइट इञ्चार्ज मनोज बोहराले जानकारी दिए।

ढुंगा लागेर घाइते भएका दुवै महिलालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा मीरा रोकायाको बाटैमा मृत्यु भएको र जुनकिरी चँदाराको जिल्ला अस्पतालमा उपचार नभएपछि अन्यत्र रिफर गर्ने क्रममा एम्बुलेन्समा राख्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। नागरिक न्यूजबाट

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २५, २०७५     4:08:30 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *