(भट्टराई बाट नगद सहयोग ग्रहण गर्दै अनमोल स्मृति प्रतिष्ठानकी कोषाध्यक्ष निर्मला शाही)
जेठ २५, सुर्खेत ।
अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले सञ्चालन गर्ने तयारी गरीरहेको अनमोल एम्बुलेन्स सेवाका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।
एसओएस वालग्राम नेपालकी निबृतिभरण प्राप्त आमा दुर्गा भट्टराई बाट नगद १० हजार रकम सहयोग स्वरुप प्राप्त भएको हो ।
५७ बर्षिया समाजसेवी भट्टराइले अनमोल स्मृति प्रतिष्ठान वालसंरक्षण, खेलकुद र समाज सेवाको क्षेत्रमा सञ्चालन गरेका गतिविधि बाट आफू प्रभावित भएका कारण सुबिधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालनका लागि केही सहयोग मिलोस् भन्ने पवित्र इच्छाले सहयोग गरेको बताउनु भयो ।
आफैले केही गर्न चाहेर पनि सकिदैन यसकालागि अनमोल स्मृति प्रतिष्ठान मार्फत एम्बुलेन्स सञ्चालन भए सहज स्वास्थ्य सेवा मिल्ने हुँदा थोरै भएपनि सहयोग गरेको भट्टराइको भनाई छ ।

