अस्पताल परिसरमा टहलिँदै डा. देवकोटा

२६ जेठ, काठमाडौं : पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्यबारे हिजो रातिदेखिनै सामाजिक सञ्जालमा हल्लाहरू चलिरहेका बेला डा. देवकोटा शनिबार बिहानै अस्पताल परिसरमा टहलिँदै गरेको भेटिए।

बिहान करिब ७ बजेर ५६ मिनेट जाँदा उनलाई उपचार गराइँदै गरेको अस्पतालको आईसीयू कक्षबाट बाहिर ल्याइएको थियो। ह्विल चेयरमा रहेका उनलाई अक्सिजनसहित बाहिर निकालिएको थियो।

चिकित्सक मधु देवकोटा दिक्षित र अन्य स्वास्थ्य कर्मीसहित उनलाई एकछिन बाहिर घुमाएर भित्र लगिएको थियो। भलै उनले आवाज निकालेनन् तर उनले परिवार र चिकित्सकहरूसँग सांकेतिक कुराकानी गरे। ह्विलचेयरमा रहेका उनी फ्रेस देखिन्थे।

डा. देवकोटाको फोटो खिच्न अस्पतालले रोक लगाएको थियो। त्यसैले अन्नपूर्णले पाठक र डा. देवकोटाका शुभचिन्तकको जिज्ञासा मेटाउन उनलाई बाहिर निकाल्दै गरेको र फर्काएर लैजाँदै गरेको फोटोमात्र यहाँ पोस्ट गरेको छ।

अस्पताल र परिवारको स्पष्टोक्ति

डा. देवकोटाको स्वास्थ्यका बारेमा सामाजिक संजालमा आएका विषय सत्य नभएको उनको परिवार र उनी उपचाररत अस्पतालले स्पष्ट पारेका छन्।

न्यूरो अस्पताल र देवकोटाको परिवारले शनिबार बिहान प्रेस नोट जारी गर्दै अस्पतालबाट जारी गरिने आधिकारिक सूचनालाई मात्र विश्वास गर्न आग्रह गरेका छन्।

यो पनि पढ्नुस डा. उपेन्द्र देवकोटाबारे कसरी फैलियो अफवाह ? कस्तो छ अवस्था ?

अन्नपूर्णपोष्टअनलाइनबाट

प्रकाशित मितिः शनिबार, जेष्ठ २६, २०७५     4:47:34 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *