गुरु बन्ने परम्परा नत्यागे सम्म विकास सम्भव छैन मुख्यमन्त्री शाही

असार ६, सुर्खेत ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मूलुकको विकास नहुनुमा बिद्यार्थी कोही नहुने, सबै गुरु मात्रै हुने परम्पराको कारण भएकोमा जोड दिनुभएको छ ।

मानिस जन्मिने बित्तिकै गुरु बन्ने चलन नेपालमा बिद्यमान छ उहाँले भन्नुभयो यो प्रचलनका कारण मूलुकको विकास नभएको हो, हामी कहिल्यै गुरु बन्न सक्दैनौं, बिद्यार्थी मात्र हौं भन्ने भावनाको विकास गर्न जरुरी छ ।

निर्वाचन आयोगले आयोजना गरेको समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले अब आयोगले एक भोट पनि बदर नहुने गरी अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिदै राष्ट्रपति चुनावमा पनि सांसदले समेत भोट बदर गर्ने गरेकाले अब भोट बदर नहुने ब्यबस्था मिलाउन जरुरी छ ।

कार्यक्रममा निर्वाचन आयोगका आयुक्त सुदिपकुमार शाहले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले विगतमा आयोगबाट केही कमजोरी भएपनि आगामी दिनमा ती कमजोरीलाई सुधार्न पहल भइरहेको बताउनु भयो ।

प्रकाशित मितिः बुधबार, असार ६, २०७५     9:24:50 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *