Dr Govinda KC, senior orthopedic surgeon of Tribhuwan University Teaching Hospital (TUTH) starts his 12th fast-unto-death to demanding the reforms in the medical education at TUTH, Maharajgung in Kathmandu on Monday, September 25, 2017. Photo: Nagarik/Republica

डाक्टर गोविन्द केसी अनसन बस्न कर्णालीमा

News Desk

News

फाइल फोटो

जुम्ला,  १५  असार ।  डाक्टर गोविन्द केसी १५ औँ अनसनका लागि जुम्ला पुगेका छन् ।  चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर  ल्याउन खोजिएको भन्दै ध्यान आकर्षणका लागि “कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल” जुम्लामा अनसन बस्ने तयारी गरेका छन्।

विहीबार नेपालगञ्ज पुगेका डाक्टर केसी जुम्ला जानका लागि नेपालञ्जबाट सार्वजनिक जीप चढेर कर्णाली प्रदेशमा प्रवेश गरेका हुन । उनको साथमा उनका भाइ इश्वर केसी पनि रहेका छन् । उनले सरकारले चिकित्सा विधेयक तोडमोड गरेर आउने संकेत देखिएपछि सरकारलाई ध्यानआकर्षण गर्न तथा  निर्णायक आन्दोलनको रुपमा लागि १५ पटकको अनसनको घोषणा गरेको बताए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा यति लामो समयसम्म एमबीबीएस पढाईको बाटो खुला नगरेकोलगायतका मागहरु समावेश गरेका छन् ।

एवीसीटिभीअनलाइनबाट