साउदीमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै

News Desk

News

श्रावण ४, खोटाङ

साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत सोमबार बेलुकीदेखि आफूहरु भोकै बस्न बाध्य भएका खोटाङ जालपाका शेषन श्रेष्ठले बताए । गत फागुन १ गते साउदी अरब पुगेका उनीहरु सम्झौताअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् ।

अलपत्रमध्ये मकवानपुरका सूर्यबहादुर बम्जनका अनुसार खान, बस्न, पाकेको तलब उपलब्ध गराउन साउदीस्थित नेपालका लागि राजदूतावासले निर्देशन दिएको तर अहिलेसम्म उपलब्ध गराएको छैन। उनीहरुको सम्पूर्ण व्यवस्थापनका लागि वैदेशिक रोजगार विभागले सम्बन्धित मेनपावर कम्पनीलाई निर्देशन दिइसकेको श्रेष्ठले बताए। उनीहरु क्याट्रिङको कामका लागि भन्दै काठमाडौं चाबहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमामार्फत साउदी पुगेका थिए।