लाटीकोईली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५ सफलतापूर्वक सम्पन्न (फोटो फिचर)

News Desk

News

समापन कार्यक्रममा ४ लाख नगद संकलन

मिलन श्रेष्ठ
१७, साउन, सुर्खेत ।
पाटीगत एकताका लागि लाटीकोईली महामहोत्सव बाट सिक्न जरुरी रहेको छ । सुर्खेतमा रहेको प्राचिन शिव मन्दिरलाई प्रदेशकै समृद्ध (स्मार्ट) मन्दिर निर्माण गर्ने उद्देश्यका साथ यहि साउन ०७ गते सोमबार देखि वीरेन्द्रनगर ९ लाटिकोइली स्थीत ऐतिहासिक, प्राचिन एवंम् धार्मिक शिबमन्दिर सुर्खेतमा जारी “शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५”को समापन भएको कार्यक्रममा बोल्दै भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के.सी.ले उक्त कुरा औल्याएकि हुन ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले, जसरी यस महोत्सवमा पार्टी, जाती, धर्म वर्ग नभनी सबै जना मिलेर, एकताबद्ध सहित कार्यक्रम सम्पन्न गर्न सफल हुनु भएको छ सोहि अनुरुप राजनिती पार्टीहरुले पनि यसबाट केहि कुरा सिक्न जरुरी भएको बताउनु भयो। केसीका अनुशार कुनै एक राजनैतिक दल सत्तामा जाने बित्तिकै अर्का प्रतिपक्ष दलले बिरोध गर्ने परिपाटी चली आएको छ उक्त गतिविधि आजकै दिन देखि परित्याग गरी बिकास निर्माण कार्यमा सबैजनाले सहकार्य गरी अघि बढ्नु पर्नेमा समेत जोड दिनु भयो ।

यसै गरी सरकारले वास्तविक कृषकहरुका लागि विनियोजन गरेका रकमहरुलाई पहुचवालाहरुले कागजपत्र पेश गरी उक्त क्षेत्रमा प्राप्त भएको अनुदान रकमहरुको सहि सदुपयोग नगरी अनिमियता गर्ने प्रविति बढेको छ उक्त गतिविधिहरुलाई रोक लगाउनुका साथै त्यस्ता व्यक्तिहरुलाई हदै सम्म कार्वाहि गर्ने बताउनु भयो ।

कार्यक्रम प्रमुख अतिथि भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला के.सी.

कार्यक्रमका बिशेष अतिथि मार्गदर्शक–संकल्पकर्ता श्रद्धेय श्री गोविन्द शरण महाराज जीका अनुसार, आफुले १०८ महापुराण कथा वाचन गराउने उद्धेश्य सहित हाल सम्म संचालन गरिएको कुल ७९ वटा महापुराणमा यो नै उदाहणिय रहेको बताउनु भयो, उहांका अनुसार आफुले धेरै ठाउमा संचालन गरेका महापुराणमा कहिले काहि प्राविधिक समस्याका कारण आफुले सोचे अनुरुपको कार्यक्रमहरु नहुने भएता पनि अहिले सम्मको अनुभवमा यो नै उत्कृष्ट कार्यक्रम भएको बताउनु भयो, हरेक कुराहरु पारदर्शि छन् र सबै भन्दा महत्वपूर्ण कुरा आफुले योजना गरे अनुसारको रकम संकलन गर्दा १ रुपैया पनि उधारो नभई नगद मै दान रकम संकलन भएको यो नै पहिलो इतिहास भएको बताउनु भयो, साथै उहांले अब यस प्रदेशमा बिधुतिय सव गृह बनाउने ईच्छा रहेको र उक्त गृह निर्माण कार्यका सबै जना यसै गरी लाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रम बिशेष अतिथि वीरेन्द्रनगर नगरपालिका उप–प्रमुख मोहनमाया ढकाल ।

शिव महापुराण, श्रावण मेला एवंम् लाटीकोईली सुर्खैत धार्मिक शिव महामहोत्सव २०७५ मुल आयोजक समितीका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले समापन कार्यक्रममा यस महामहोत्सव भव्य र सभ्य रुपमा सफल बनाउन मन, वचन,कर्म र गक्ष अनुसार दान दिई सहयोग गर्नु हुने देश–बिदेशमा रहनु हुने नेपाली आमा–बुबा, दाजु–भाई, दिदि–बिहिनी, विभिन्न संघ संस्था, कर्णालीवासीहरुलाई धन्यवाद व्यक्त गर्दे यस महोत्सवको आय–व्यय सम्बन्धि हिसाबलाई एक हप्ता भित्र पत्रकार सम्मेलन गरी जनकारी दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेशका माननिय मुख्य न्यायाधिवक्ता बिधाभूषण मानन्धर

श्रेष्ठको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा वीरेन्द्रनगर उप–प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेशका माननिय मुख्य न्यायाधिवक्ता बिधाभूषण मानन्धर, बरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर,

, समाजसेवी डम्बर जिसी, नगर बिकास समिति सुर्खेतका अध्यक्ष नारायणकुमार कोईराला, मुल आयोजक समितीका उपाध्यक्ष सिताराम कार्की, समाजसेवी ऋषि गिरी, एकदेव गिरी, गोबिन्दराज गिरी, पतञ्जली शयोग शिविरका अध्यक्ष शिबप्रसाद गौतम लगाएत शुभकामना मन्तव्य राखेका थिए ।

बरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर

शिब महापुराण, श्रावण मेला एवंम् लाटीकोईली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५ अन्तर्गत समापन कार्यक्रममा दानगर्ने दाताहरुको नामावलीः–
वीरेन्द्रनगर–१०, मिलडांडा निवासी सुशिलराज रेग्मीले ५१ हजार १ सय ५१ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी सुदर्शन श्रेष्ठले ५१ हजार रुपैया
वीरेन्द्रनगर, सुर्खेत स्थीत काक्रेबिहार यातायात व्यवसायी संघले ३१ हजार १ सय ५ रुपैया

समाजसेवी डम्बर जिसी

वीरेन्द्रनगर–०८ सुर्खेत निवासी रन्जना शाहीले, २१ हजार १ सय १ रुपैया

वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी मानबहादुर थापाले, २१ हजार १ सय रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी श्याम सुन्दर अग्रवालले, २१ हजार रुपैया
वीरेन्द्रनगर–०६ बजार निवासी बिश्व रेग्मीले, ११ हजार १ सय ५५ रुपैया
वीरेन्द्रनगर–०२, बांगेसिमल स्थीत जलकेनी भजन समूहले ११ हजार १ सय ११ रुपैया
वीरेन्द्रनगर–०९ पिपलडाडा स्थीत हिमाली बचत तथा ऋण सहकारी संस्था लि.ले रु ११ हजार १ सय ११ रुपैया
वीरेन्द्रनगर–०९ लाटीकोईली दिपबहादुर बुढाले ११ हजार १ सय ११ रुपैया

नगर बिकास समिति सुर्खेतका अध्यक्ष नारायणकुमार कोईराला

वीरेन्द्रनगर–०२ बांगेसिमल निवासी बालाराम पोख्रलले ११ हजार १ सय ११ रुपैया
वीरेन्द्रनगर–०२ बांगेसिमल निवासी गौरी देबि पोख्रलले ११ हजार १ सय ११  रुपैया
वीरेन्द्रनगर–०१ निवासी टोपबहादुर वलीले ११ हजार १ सय ५ रुपैया

समाजसेवी ऋषि गिरी

वीरेन्द्रनगर–०२ बांगेसिमल निवासी बलबहादुर शाहीले ११ हजार ५५  रुपैया
रौतहट हाल वीरेन्द्रनगर–०६ बस्ने साविर मियाले ११ हजार रुपैया दान गर्नु भएको छ ।

वडा नं ०९का वडा अध्यक्ष सुरेश मानन्धर

समापन कार्यक्रमको अन्तिम दिन आज सम्म नगद १ करोड ५ लाख ११ हजार १ सय ११ र ६ लाख बराबरको जग्गा गरी कुल १ करोड ११ लाख ११ हजार १सय ११ रुपैया दान संकलन गर्न सफल रहेको आयोजक समितीले जानकारी दियो ।

महामहोत्सवको समापन समारोहमा उपस्थित श्रद्धालु भक्तजनहरु
समापन कार्यक्रममा बोल्दै मुल आयोजक समितीका अध्यक्ष ध्रुवकुमार श्रेष्ठ