रमेश कुमार वली
सल्यान ४, भदौ । जिल्लाको बागचौर नगरपालिका वडा न १२ ओखरेनीमा रहेको लघु जलविद्युत गृह पहिरोले वगाएको छ । आइतवार वेलुकी आएको पहिरोले पावर हाउस वगाउदा विद्युत आपुर्ति समेत अवरुद्ध भएको छ ।
१० किलोवाट क्षमता रहेको उक्त लघु जलविद्युत गृह पहिरोले पुरिदा लाखौको क्षति भएको विजय लघु जलविद्युत आयोजनका सचिव विर वहादुर वलीले जानकारी दिनुभयो । “पहिरोले पावर हाउस पुरिएको छ , उपकरणहरुमा पनि क्षति पुगेको छ क्षतिको विवरण संकलन गरिरहेका छौं ।” सचिव वलीले भन्नुभयो ।
२०६८ सालमा निर्माण गरिएको लघु जलविद्युतले २ सय ५० घर, विद्यालय तथा वजारमा विद्युत सेवा पु¥याउदै आएको थियो । पहिरोले पावर हाउस वगाएपछि गाउमा अन्धकार भएको वागचौर नगरपालिका १२ का वडा अध्यक्ष दिपक वलीले जानकारी दिनुभयो । “क्षतिको विवरण संकलन गरिरहेका छौ अहिले हेर्दा १० लाख भन्दा वढिको क्षति भएको अनुमान छ ।”
विद्युत अवरुद्ध भएपछि विद्यालयमा हुने कम्प्युटर कक्षा प्रभावित भएको विद्यालयले जनाएको छ । विद्युत पावर हाउस मर्मत गर्न केही समय लाग्ने वडाध्यक्ष वलीले वताउनु भयो ।
