सनीलाई शहिद घोषणा नगरेसम्म शव नबुझ्ने परिवारको अडान, तीन लाख दिने मेयरको घोषणा

भदौ ९, २०७५

कञ्चनपुर– गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीका सनी खुनालाई शहिद घोषणा गर्न परिवारले माग गरेको छ । मृतकी आमा मञ्जु खुनाले छोरालाई सरकारले शहिद घोषणा गर्नुपर्ने बताइन् । उनले शहिद घोषणा नगरेसम्म शव नबुझ्ने बताएकी छन् ।

यसैबीच, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । शुक्रबार भएको विरोध प्रदर्शनमा गोली लागेर १७ वर्षीय खुनाकाे मृत्यु भएको थियो । महाकाली अञ्चल अस्पताल नपुर्याउँदै खुनाको मृत्यु भएको हो ।

उनको मृत्युपछि स्थितीलाई नियन्त्रणमा लिन हिजो बेलुका आठ बजेदेखि लगाइएको कर्फ्यू अझै पनि जारी छ । घटनाको छानविन तथा निकासको लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बिहान ८ बजेदेखि सर्वपक्षीय बैठक बसेको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि झण्डै एक महिनादेखि कञ्चनपुर आन्दोलित छ ।

साभारः लोकान्तर खबर ।

प्रकाशित मितिः शनिबार, भदौ ९, २०७५     5:50:36 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *