निःशुल्क सेवा दिदै शुभकालीका वडा कार्यालय
News DeskNews
१३ भाद्र कालीकोट
राज्यले चर्को कर असुली गरी रहेको बेला कर्णाली प्रदेशको शुभकालीका गाँउपालीका वडा नं ५ कालिकोटबाट निशु:ल्क काम कार्वाही हुने आज एक सूचना जारी गरि जनाएको छ ।
“भ्रष्टाचार विरुद्धको चाल, असल शासनको बहाल” भन्ने नारा बनाएर कार्य शुरुगरेको वडा नं ५ ले यही अा.व. देखि व्यक्तिगत घटना दर्ता देखि वडा कार्यालयबाट हुने सम्पूर्ण सिफारिस गर्नु परेमा कुनै पनी शुल्क नलाग्ने शुभ गाउँपालीका वडा नं ५ का अध्यक्ष केशनबहादुर शाहीले बताउनु भएको छ ।
व्यक्तिगत घटना दर्ताका लागि ३५ दिनको म्याद नाघेमा ५० रुपिँया र व्यवसायीक कर वापत १ हजार लाग्ने गाँउपालीकाले जनाएको छ ।
गाँउपालीको यो निर्णय संगै निर्वाचन अगाडी जनतालाई नानाथरी प्रलोभन देखाउदै बिकासको मुल फुटाइदिने अाश्वासन दिने तर चुनावको भोलीपल्ट देखि गाँउ नफर्किने नेताहरुकालागी चुनौती स्वरुप यो निर्णय कार्यान्वयन गरिएको हुनसक्ने अडकल गरिएको छ ।
जनताले चाहेको र जनताको प्यारो नेता बन्नका लागि जनताका काम सेवा सुबिधाको बिषयमा पनि ख्याल राख्न सक्ने खालको निर्णाय गरीनुले पनि सकरातमक रुप लिने र यो कदमलाइ सबै गाँउपालीका र नगरपालीकाले अात्मसाथ गर्न सके जनताको प्यारो पात्र बन्न धेरै बर्ष कुर्नु नपर्ने मा कुनै दुइमत नभएको स्थानीय बताउछन् ।