बैंकमा जम्मा गर्न लगेको सवा दुई लाख रुपैयाँ चोरी

१७ भदौ, बुटवल ।

रुपन्देहीको बुटवस्थित एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका एक व्यक्तिको दुई लाख २३ हजार रुपैयाँ चोरी भएको छ । बुटवलको एभरेष्ट बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको रकम बिहान साढे १० बजेतिर चोरिएको हो ।

नेपालगञ्ज रोडमा रहेको दूर्गा प्लाष्टिक हाउसका कर्मचारी दिनेशले बैंकभित्र रहेको टेबलमा पैसाको बिटो निकालेर राखी भौचर भर्दै गर्दा छेउमा रहेका अपरिचित व्यक्तिले रकम चोरेर भागेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले जानकारी दिए ।

रकम चोरी भएपछि बैंकको सीसीटीभीमा हेर्दा ज्ञवालीले पैसा राखेको टेबलको कुर्सीमा मधेसी मुलको जस्तो अनुहार भएका व्यक्ति बसेको देखिएको बैंकलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । रकम जम्मा गर्न गएका व्यक्तिको लापरवाहीका कारण रकम चोरी भएको डीएसपी मल्लले बताए । चोरी गर्ने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

प्रकाशित मितिः आइतवार, भदौ १७, २०७५     12:55:17 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *