ढुंगाले लागेर एक किशोरीको मृत्यु

१७ भदौ, अछाम । अछाममा ढुंगा लागेर आइतबार एक किशोरी मृत्यु भएको छ । चौरपाटी गाउँपालिका-४ पायलका १५ वर्षीया भगवती धामीको मृत्यु भएको स्थानीय धनबहादुर धामीले जानकारी दिए ।

स्थानीय पारी वन भन्ने जंगलबाट दाउरा ल्याउने क्रममा माथिबाट पहिरोसँगै आएको ढुंगा लागेर गम्भीर घाइते भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनबहादुरको भनाइ छ ।मृतक भगवती स्थानीय वैजनाथ मावि पायलमा कक्षा ६ मा अध्ययनरत थिइन् । पहिरोसँगै आएको ढुंगा लागेर एउटा गाइ पनि मरेको छ ।

अनलाइनखबरबाट

प्रकाशित मितिः आइतवार, भदौ १७, २०७५     8:09:18 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *