पहिलो ज्ञान केन्द्रको स्थापना

भाद्र २२, सुर्खेत ।

कर्णाली प्रदेशमा पहिलो पटक कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । कर्णाली प्रदेशको दैलेख जिल्लामा केन्द्रको स्थापना गरिएको हो ।

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जिल्लाको नारायण नगरपालिकामा कृषि ज्ञान केन्द्रको उद्घाटन गरेपछि प्रदेशकै पहिलो केन्द्रमा गनिएको हो ।

कृषिको आधुनिकीकरण, बजारीकरण, तथा बजेटको कार्यान्वयनका लागि केन्द्र स्थापना गरिएको मन्त्री केसीको भनाई छ । कृषि क्षेत्रमा विनियोजित बजेटलाई गरिवमुखि बनाउन प्रदेश सरकारले योजनाहरु निर्माण गरेको जानकारि दिदै सो अबसरमा मन्त्री केसीले सबै जिल्लाहरुमा कृषि तथा पशु ज्ञान केन्द्र स्थापना गरिने यो कार्यको सुरुवात दैलेखबाट भएको बताउनु भयो ।

कर्णाली प्रदेशका दश जिल्लामा संघीय सरकारबाट ७ वटा कृषि ज्ञान केन्द्र र ७ वटा पशु ज्ञान केन्द्र तोकिएपनि कर्णालीको आवश्यकता र भूगोलका आधारमा प्रदेश सरकारले सुर्खेत, सल्यान र मुगुमा कृषि ज्ञान केन्द्र, दैलेख, कालीकोट र जाजरकोटमा पशु ज्ञान केन्द्र प्रदेश सरकारले थप गर्ने निर्णय गरिएको मन्त्री केसीको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ २२, २०७५     10:19:41 AM

Leave a Reply

Your email address will not be published. Required fields are marked *