देउती बज्यै मन्दिर सरसफाई (भिडियोसहित)

२६ भाद्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रसिद्ध शक्ति की देवी देउती बज्यै मन्दिर आज सरसफाई गरिएको छ । कर्णाली स्वयंसेवक दल सुर्खेतको संयोजनमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, ट्राफिक प्रहरी, सत्यसाई केन्द्र र स्वयम् सेवक यूवाहरुद्वारा आज मन्दिर परिसर सरसफाई गरिएको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले बताउनुभयो । …

तीजको अवसरमा दृष्टिविहिनहरुलाई खाद्य हस्तान्तरण

२३ भाद्र, सुर्खेत । हिन्दुनारीहरुको महान चाड हरितालिका तीज २०७८को अवसरमा आज दृष्टिविहिनहरुलाई दर खानकालागि खाद्य सामाग्री हस्तान्तरण गरिएको छ । दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेत तथा नेत्रहिन संघ सुर्खेतका सचिव सोमना खड्काले पहिचान नेपालको आर्थिक सहयोगमा ८ जना दृष्टिविहिनहरुलाई खाद्य हस्तान्तरण गरिएको हो । सचिव खड्काका अनुसार दर खानकालागि खाद्य …

मन्दिर परिसरमा रुद्राक्षका विरुवा रोपियो

२२ भाद्र,  सुर्खेत । निजामति कर्मचारी दिवसको अवसरमा भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ र शिव मन्दिर व्यवस्थापन समितिको समन्व्यमा शिव मन्दिर परिसरमा रुद्राक्षका विरुवा रोपेको छ । मंगलवार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, प्रदेश वन निर्देशनालयका निर्देशक शिवराम अधिकारी, डिभिजनल …

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रीद्वारा सचिवसंग कार्य सम्पादन सम्झौता

२१ भाद्र, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । मन्त्री बुढाक्षेत्रीले चालु आर्थिक वर्षमा विनियोजित बजेट शतप्रतिशत कार्यान्वयन गर्ने गरी सचिवलाई काम गर्न निर्देशन दिँदैे कार्यसम्पादन सम्झौता गर्नुभएको हो । आज (सोमबार) मन्त्री बुढाक्षेत्रीले कार्यसम्पादन सम्झौतापछि मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीलाई …

सल्यानमा औषधियुक्त पानी निकाल्ने मेसिन जडान, शुन्य लगानिमा उपभोक्ताले पानी प्रयोग गर्दै

२० भाद्र, सल्यान । सल्यानका पाँच ठाउँमा शुद्ध र औषधियुक्त पानी निकाल्ने काङ्गेन मेसिन जडान गरिएको छ । यो मेसिनले छरितो र सहज रुपमा ७ प्रकारको फरक फरक विशेषता र गुण भएको पानि निकाल्ने दाबी गरिएको छ । जिल्लाको दार्मा गाउँपालिकामा दुई वटा, कपुरकोट, त्रिवेणी र शारदा नगरपालिकामा एक/एक वटा काङ्गेन …

प्रदेश राजधानीको ४ लेन सडकका खाल्डो माटोले पुर्दै सडक विभाग

१९ भाद्र, सुर्खेत । देश संघीय संरचनामा गएर कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बनेको पनि ४ बर्ष नाघी सकेको छ । यही सेरोफेरोमा प्रदेश राजधानीको प्रमुख मार्ग धुलियाविट बाङ्गेसिमल (रत्नराजमार्ग) ४ लेनको बनेको खुशियाली यतिखेर भने निराशामा परिणत भैरहेको छ । ४ लेनको यो सडकमा धुलियाविट पिपिरा र एयरपोर्ट नजिकमा …

सर्वाधिक रक्तदान गर्ने शाक्य र पौडेल सम्मानित

१९ भाद्र, सुर्खेत । सुर्खेतमा सवैभन्दा धेरै रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको ५९ औं स्थापना दिवसको अवसरमा सवैभन्दा धेरै रक्तदान गर्ने पुरुष तथा महिला रक्तदातासहित रक्तदान गर्ने संघसंस्थाहरुलाई रेडक्रस जिल्ला शाखाले शनिवार सम्मान गरेको हो । वीरेन्द्रनगर नगरपालिका—९ का प्रवाशकुमार शाक्य र वीरेन्द्रनगर—६ का ज्योति …

म बलत्कृत भएको छैन्ः पिडित महिला (भिडियोसहित)

१४ भाद्र, सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कर्मराज शाहीद्वारा बलत्कृत भनिनुभएकी पिडितले आज पत्रकार भेटघाट गरी आफू बलत्कृत नभएको बताउनुभएको छ । पिडित महिलाले आफू यो घटनाले निकै दुखी भएको बताउँदै आफु बलत्कृत नभएको बताउनुभएको छ । मिडिया आएको समाचारहरुले आफ्नो चरित्र हत्या भएको पिडितको …

पत्रकारहरुको सुरक्षाका लागि प्रदेश सरकार पूर्णरुपमा प्रतिवद्धताः मुख्यमन्त्री शाही

१४ भाद्र, सुर्खेत । कर्णालीका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपको समाचार प्रकाशित भएपछि असुरक्षित भएका पत्रकारहरुको अवस्था बुझ्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गठन गरेको मिडिया मिसनले घटनाको अध्ययन सुरु गरेको छ । पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रमेश विष्टको …

राष्ट्रिय यूवा संघ र अनेरास्वियूद्वारा मन्त्री शाहीको बर्खास्तको माग (भिडियोसहित)

१३ भाद्र, सुर्खेत । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वयवियू सुर्खेतले आज बलात्कारका आरोप लागेका कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको बर्खास्तको माग गर्दै विरोध गरेको छ । युवा संघका सचिवालय सदस्य एवम जिल्ला अध्यक्ष कमल खड्का जुनी र अनेरास्वियूका जिल्ला संयोजक धुपेन्द्र …