आगलागीबाट जुम्लामा एकको मृत्यु


हरिकृष्ण कुमाई, जुम्ला
पौष २४
जुम्लाको मालाभिडमा गएराती आगलागी हुँदा चन्दननाथ नगरपालीका -४ का लक्ष्मीचन्द्र पण्डितको जलेर मृत्यु भएको छ । आगलागी बिहान करिव चार बजे तिर भएको अनुमान गरिएको छ । बिहान नेपाल आर्मि, नेपाल प्रहरी तथा स्थानिय बासिको प्रयासबाट आगो नियन्त्रणमा लिईएको हो ।

गएराती घाँसको खातबाट आगलागी भएको अनुमान गरिएको छ । आगलागी बाट जग्गीप्रसाद पण्डितको दुइवटा घाँसको खात, एउटा दाउराको खात जलेर नष्ट भएको स्थानिय देवीप्रसाद सिम्खाडाले जानकारी दिए । आगलागी कसरी भयो भन्ने कारण खुल्न र आग्लागीको क्षतिको विवरण आउन सकेको छैन । आगलागी कसरी भयो भन्नबारेे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।