जुम्लामा यो वर्षको पहिलो हिमपात (फोटोफिचर)



अविरल ढकाल, जुम्ला
माघ १०
जुम्लामा यो वर्षको पहिलो हिमपात आज भएको छ । हिँउले जुम्लाको जमिन पुरै सेताम्य भएको छ । सदुरमुकाममा २ इन्च हिउँ जमेको छ भने लेक तिर एक फुट भन्दा धेरै हिँउ जमेको छ । हिउँ परे लगतै जुम्लामा चिसो पछि जुम्लाको जनजीवन पनि कष्टकर बनेको छ । जुम्लाको तापक्रम माइनस सात डिग्री सेल्सियसमा पुगेको छ ।

खडेरीले सप्रिन नसकेको हिउदे वाली अब हिउँ परेको सप्रिने जुम्लाका किसानहरुले आशा गरेका छन् । हिउँदमा लगाएको जौँ र गहुँ वर्षा नहुदाँ जमिनमा नै विलाएको थियो । जुम्लाका किसानहरुले लगाएको हिउँदे वाली र स्याउ खेतिको लागि यो भएको हिमपातले फाइदा हुने भएको छ ।