देउडा गीत


-चित्रसिंह गाँउले
ऐले दशा उल्टा रैछन-प्रेम चित्र भाइको
जोइका पोइका ढाड सेकिया -लक्ष्मी चौलागाईंको।
विस्तरा ढुलिरौ भन्या-विष्ट चम्कन्या छन
अादर्श विकल्प नेशनल-कैले अम्कन्या छन।
अरु पालो तब पाउन्ना-जीवन जी वुढिया
भरत जी का गाल दिनाले-दाँत मात्तै कुडिया।
रमेश र विश्वराज कमरेड-दुबै का नाम गया
तुलाराज सिम्खाडा कमरेड-फेरि तलै रया।
पिनिया विपिन र विरोध-अाकास झोकादै छन
जित्नेका पेट फुट्न लाइगा-हार्ने भोकादै छन।
सात राँग्या भोट पाउला सोच्दै-कमल मामा दाँहा
टिकट पाए जसि दाइले-अाफु अर हाँहा।
तुला पाथो काम लाग्योन-तुलाराज जेठानको
नाम मात्तै प्रदेश पुग्यो-चौखीका सेटानको।
दुई पार्टी खापिदा खेरि-उज्वल कन फाप्यो
जुबिथाका कल शाहीले-मेयरको पद हाप्यो।
गाउँ वडा पालिका प्रदेश-काँई नताक्दो ऐन
दिनेशका क्यादशा लाग्या-यो साल कठ दैन।
मजदुर छोड्या महेन्द्र ले-एमाले तेजले
मायालाल को लाल रेटियो-लिलामी रेजले।
चुनाव जित्ने गंगादेवी-उभिनै दियानन
किन हारे टेक शाहीले-कम्तीका छियानन।
सर्पराजले सराप्याको-चित्रलाई गाल लाग्यो
मनराजकन धोती लाग्यो-नन्दसिंह छाल लाग्यो।
यथार्थ यथार्थै मान्छे-त्यसै चक्करिया
कालिकोट खगेन्द्र शाही-ऐले ठक्करिया।
पम्फालाई पम्फाफुल वर्स्या-दल शाही दलिया
खडानन्द खडा भया-कृष्ण दाइ थलिया।
धिर जि को राजिनामा-जनताले पास अर्या
टेक दान वीरेन्द्र ले-पछिको अास अर्या।
धनराज कन राज चाहियो न-कठै विर्ख दर्जी
कालो सार्की कमरेड कन-ज्या भए नि मर्जी।
पार्वती जिताउनेई रैछन-जन्ता त सान्नीका
लुइअाटा नवराज कमरेड-वात माद्दा धान्नीका।
सक्कका जोइपोई नै जित्ता-विश्वराज नउठ्ठा
पुराना कृपाराम दाइका-माथि ठाडा खुट्टा।
जोई उठाया बिमल शाहीले-अाफै उठ्या मनि
काँसीले क्याअरी जित्या-राष्कोट मा कोजनि।
वडा जित्या दयारामले-वात जित्या एलपिले
डिसियम भै दद्द मार्या-भुपेन्द्र वम जिले।
डवल कन डवलै पद-नरपति टप्या
अाया र यज्ञराज कमरेड-कत्तिको भोट थप्या।
सेजुवाल ले ढाड सेकाया-नाक फुराउन्या शाही को
म सोच्दो अन्तका हुन्ना-प्रज्वल रैछन ताई को।
लट्काई दियो लक्ष्मणले-धिर खादै छन धिर
राज वहादुर किन रुस्या-धौलागोह तिर।
तेज र ललिजन नेता-पलाताका खिन
टक्कर दिन्या टक्क कमरेड-काँ गया हुन किन।
दक्षिणा लाई दक्षिणै नाई-सव चुनाव वाइगया
मर्मका मनका जन-नहुँदो काँइ गया।
शाही मिल्दा न टिकट मिल्दो-वदालकोट चराउदो
वरातु पुष्पराज गिरी-जो उठ्या हराउदो।
उचाटिगैन दुर्गा अण्टी-रत्नलाल खुशी छन
अोदाकी सुभ्रदा अण्टी-वेस्सरी रुसी छन।
पद ठूलो अनिपाल शाही को-काम ठूलो नेत्र को

खेल्लौडो वाजुरा टप्यो-कालिका क्षेत्रको।