अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कालिकोटमा देउडा दोहोरी


 

बिस्नप्रसाद न्यौपाने
कालिकोट फागुन २३ गते ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा कालिकोटमा बृहत देउडा दोहोरी कार्यक्रम आयोजना गरिएको छ । कर्णालीको    लोक संस्कृतिको संरक्षण तथा महिला दिवसको अवसरमा कालिकोटका बृहत देउडा दोहोरी कार्यक्रम आयोजना गरिएको हो । जिल्ला तथा समग्र कर्णालीअञ्चलमै देउडाको बिशेष महत्व छ । छोराको छैटी, ब्रतबन्ध, बिबाहदेखी देवताका पैैठसम्म जहाँ जतिबेला पनि देउडा दोहोरी नलगाए अर्थात देउडा नखेलेर यहाँका मानिसहरुलाई रमाइलै हुँदैन् । देउडा यहाँको सांस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुती र दर्शकहरुको पहिलो चाहाना पनि हो ।

१ सय ८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पनि कालिकोेटमा स्थानिय नागरिकहरुको चाहाना अनुसार भव्य रुपमा महिलाहरुले देउडा खेलीन् । स्थानिय देउडा खेलाडी एक आपसमा सद्भाव बढ्ने खालका गितहरु गाएर देउडा घम्साघम्सी खेले । उनीहरुले खेलेको देउडामा कालिकोटका स्थानिय नागरिकहरु अन्तराष्ट्रिय महिला दिवसको अवसरमा रमाए । महिला तथा बालबालिका कार्यालयको समन्वयमा खेलीएको देउडा मार्फ अन्तराष्ट्रिय महिला दिवसको महत्व, समाजमा पृति सत्तात्मक सोचका कारण महिलाहरुले भोग्नु परेका समस्याहरु, पछिल्लो समय महिला अधिकारका साथै राजनीतिक अधिकारका कारण महिलाहरुले प्राप्त गरेका अधिकार लगायतका बिषय बस्तुमा रहेर सवाल जवाफ गरे । पछिल्लो समय कालिकोटमा आन्दोलनका कार्यक्रमहरु र खुसीयालीका कार्यक्रमहरु तथा दिवसहरुमा समेत देउडा खेल खल्ने प्रचलन बढेको छ ।

पहिला पहिले छोराको छैटी, ब्रतबन्ध, बिबाहदेखी देवताका पैैठसम्म मात्र सीमित देउडा खेललाई अहिले छोरीको छैटी, बिबाह, दवाव मुुलक आन्दोलन, बिभिन्न प्रकारका दिवसहरु, खुसीयाली कार्यक्रमहरु, अन्य बिभिन्न प्रकारका पर्वहरुमा समेत खेल्न थालिएको छ । पहिलेका पीढिहरुले देउडालाई समाजको गहना बनाए जस्तै अहिले नयाँ पीढिहरुले पनि निरन्तरता दिदै आएका छन् । यद्यपी नयाँ पुष्ताको लगाप पहिलेको तुलनामा केही फरक हुँदा पुरानोे संस्कृतिको लोप हुनेहोकी भन्ने चिन्ता पनि बुढापाकहरुलाई छ ।