बुलबुलेमा नौका विहार शुरु


फोटोः नारायणकुमार कोइरालाको फेसबुक

३ चैत्र । सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बुलबुले तालमा आजबाट नौका विहार (डुंगा) संचालन गरिएको छ ।

पर्यटकहरुको अत्याधिक मागलाई मध्यनजर गर्दै बुलबुले तालको तल्लो भागमा रहेको ठुलो तालमा नौका विहार शुरु गरिएको सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष नारायणकुमार कोइरालाले बताउनुभयो ।

हाल १५ दिनकालागि परिक्षण शुरु गरिएको नौका विहार त्यसपछिको नतिजापछि यात्रुहरुको सुरक्षा र  विमा सहित नौका विहार सेवा शुरु गरिने अध्यक्ष कोइरालाले बताउनुभयो ।

त्यस्तै बुलबुले उद्यान भित्र निर्माण गरिएको शान्ति बाटिकाको सुरक्षाकालागि आन्तरिक गृहकार्य भैरहेको र चाँडै नै शान्ति बाटिकामा तारबार गरिने अध्यक्ष कोइरालाले बताउनुभयो ।