महोत्सवबाट करिब ३९ लाख आम्दानी, भवन निर्माणमा लगानि गरीने


कृष्णराज धमाला
चैत्र ९, सुर्खेत ।

नेपाल उद्योग बाणिज्य महासँघ कर्णाली प्रदेशले प्रदेश स्तरीय महोत्सव बाट ३८ लाख, ६८ हजार, ८ सय, ९८ रुपैया नेट आम्दानीभएको जनाएको छ । आज सुर्खेतमा पत्रकार सम्मेलनका आयोजना गरी महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले सो जानकारी दिनुभएको हो ।


गएको माघ २६ देखि फाल्गुण ८ गते सम्म वीरन्द्रनगरमा सम्पन्न प्रदेश स्तरीय महोत्सवको हरहिसाव सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष शाहीले ११ लाख, ८५ हजार उठाउन बाँकी रहेको, ६ लाख, ६६ हजार, ६ सय, ५७ रुपैयाँ खर्च भएको र ३८ लाख, ६८ हजार, ८ सय, ९८ रुपैया नेट आम्दानीभएको बताउनुभयो ।
महोत्सव अविधिभर साढे १२ करोडको कारोवार भएको जानकारी दिदै आम्दानी भएको सो रकमबाट महासंघको भवन निर्माणमा लगानि गरीने जानकारी दिनुभयो । प्रदेश अध्यक्ष शाहीले भन्नुभयो जग्गाको टुंगो लाग्दैछ, निर्माण समिति बनाई भवन निर्माणको थालनी गर्छौं ।

महोत्सवलाई विफल पार्न केही व्यवसायीहरुले गलत प्रचार गरेपनि सबैको सहयोगमा भब्य रुपमा सम्पन्न भएको आफूले निश्कर्ष निकालेको भन्दै अध्यक्ष शाहीले महोत्सवबाट स्थानिय व्यबसायी पनि उत्साहित भएको बताउनु भयो । उहाँले समयमा बिल उपलब्ध नभएको र केन्द्रको निर्बाचनका कारण १५ दिन भित्र हरहिसाब सार्बजनिक गर्न नसकिएको तर्क पनि पेश गर्नुभयो ।