राराको प्रवेशद्वार ‘सुर्खेत उपत्यका


१९ चैत, काठमाडौं 

राराको प्रवेशद्वारको रुपले चिनिने सुर्खेत मनोरम हावापानी, उपत्यकाहरुको जिल्ला, ऐतिहासिक सम्पदाहरुको भूमि सुर्खेत उपत्यका पश्चिम नेपालको सुन्दर उपत्यका हो । दुनियाँलाई सुन्दरता लठ्याउने राराको गेट वेको रुपमा रहेको सर्खेत कर्णाली प्रदेशको मुकाम सुर्खेत कर्णालीको आधार क्षेत्रको रुपमा रहेको छ ।

कांक्रेविहार, बुलबुले ताल, देउती बज्यै, जुजुरा दह, कर्णाली र भेरी जस्ता जलाधार क्षेत्र इत्यादी महत्वपूर्ण सम्पदाहरुले भरिपूर्ण सुर्खेत उपत्यका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको बासस्थान बन्दै गएको छ । राराको प्रवेशद्वारसंगै कर्णाली लोकमार्गको आरम्भ विन्दु पनि हो सुर्खेत । सडक र हवाई सेवामा खासै प्रगति हुन नसकेपनि पाहुनाको बसाई बढ्न थालेको छ विशेष गरि रारा पुग्न चाहानेहरुको ।

कर्णाली लोकमार्ग सुधारको चरणमा छ भने विसं २०५५ सालमा निर्माण भएको सुर्खेत विमानस्थल पुनः संचालनमा ल्याउन प्रदेश सरकार कस्सिएको छ । प्रदेश सरकार गठनपछि रारा–कर्णाली पर्यटन वर्ष २०७५ को घोषणाले सुर्खेतको बजारीकरण पनि उकालो लागेको छ । पर्यटन वर्षको चर्चापछि सुर्खेत राराको सौन्दर्यतासंग झनै नजिकै हुने भएको हो । पर्यटन वर्षको उदघोषले सुर्खेतमा रात बिताउनेहरुको संख्या अब बढ्ने र राराकै कारण सुर्खेतको पर्यटन प्रवद्र्धनमा थप बल मिल्ने व्यवसायीको अपेक्षा छ ।

ऐतिहासिक संपदा कांक्रविहार :

दशक अघि पुरातत्व विभागले सुर्खेत वीरेन्द्रनगरको साविकको लाटीकोइली गाविसमा अनुसन्धान गरी उत्खनन गर्दा बुद्धका मुर्ति सहितका भग्नावशेष फेला पारेको थियो,उक्त भग्नावशेष फेला परेसँगै काक्रेबिहार क्षेत्रको महत्व बढ्न थालेको हो,पुरातात्विक ऐतिहासिक दृष्टिले पनि सम्पन्न काक्रेबिहारको परिचय यति मात्रै होईन धार्मिक एकताको रुपम पनि बुझ्न सकिन्छ। खासगरी काँक्रेबिहारलाई बुद्ध धर्मावलम्बीहरुले बौद्ध बिहार र हिन्दु धर्मावलम्बीहरुले हिन्दु मन्दिरका रुपमा लिदैँ आएका छन्।

धनिराम शर्मा (ऋतुविचार)

धेरै समय अगाडि निर्माण भएर पनि लामो समय सम्म कुनै प्रसारप्रचार हुन नसकेको काँक्रेबिहारको पछिल्लो समयमा निकै चर्चा परिचर्चा गर्न थालिएको छ । सिंजा उपत्यकाका खस राजाहरू रिपु मल्ल, अशोक मल्ल र प्रचल्लको शासन वि.सं. १२४५ देखि १३७५ सम्ममा शिखर शैलीको बिहार निर्माण भएको यहाँका स्थानीय पाकाहरु बताउँछन् । मध्यकालमा निर्माण भई इतिहासको धरोहरको रूपमा रहेको काँक्रेबिहारलाई खुला संग्रहालयको रुपमा विकास गर्दा उचित हुने सरोकारवालाहरु बताँउछन्, काक्रेबिहारलाई शिखर शैलीमा बौद्ध बिहार वा मन्दिर बनाउने भन्ने विषयमा बहस चलिरहेको समयमा काँक्रेबिहारको पुर्ननिर्माण गरिदैछ, करिब ६० फिटको उचाई हुने काँक्रेबिहारको पुनःनिर्माणका लागि सरकारले करिब चार करोड रुपैया खर्च गर्दैछ ।

चुरे पर्वत र महाभारत पर्वतश्रृंखलाबीचमा पर्ने सुर्खेत जिल्लामा सानाठूला गरी धेरै उपत्यका पाइन्छन्,पूर्वपश्चिम फैलिएको सुर्खेत उपत्यकाको वीरेन्द्रनगर लाटीकोइली गाँउमा अवस्थित काँक्रेविहार डाँडामा काँक्रेबिहार छ,उक्त स्थान वीरेन्द्रनगर नगरपालिकाको मङ्गलगढीबाट दक्षिण पूर्वमा करिब पाँच किलोमिटरको दुरीमा पर्दछ ।

प्राकृतिक सौन्दर्यले भरिपुर्ण काँक्रेबिहारमा दिनानु दिन आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्यामा वृद्धि भईरहेको छ ।काक्रेबिहारलाई मुख्य केन्द्रबिन्दु बनाएर थुप्रै विदेशी बौद्धभिक्षुले पश्चिम नेपालको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पछिको ठूलो र पुरानो बिहारको रुपमा काँक्रेबिहारको दर्शन गर्नका लागि आएका हुन्छन् ।बुद्धको बारेमा अध्ययन गर्ने विद्यार्थीका लागि त काक्रेबिहार अध्ययनका लागि उपयुक्त बन्दै गएको छ । बाहांै शताब्दीमा निर्माण भएको र साठी फिट अग्लो काँक्रेबिहार शिखर शैलीमा रहेको बताइन्छ । बौद्ध धर्म प्रचलनमा रहेका जापान, चीन र चीन स्वशासित क्षेत्र तिब्बतका पुरातत्वविद्हरू सो क्षेत्रबारे अध्ययन गर्न आउने गरेको तथ्याँक छ ।

मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथ लगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्दचित्रमा कुँदिएका छन् । शिव, पार्वती र सरस्वतीका मुर्तिहरू पनि पाइन्छन् ।काँक्रेबिहार वन क्षेत्रको प्रवेशद्वारमा थुप्रै बौद्धमार्गीले बसोवास गरेको पाइन्छ । हिन्दु धर्ममा आस्था राख्नेहरू पनि छन् । बौद्धमार्गीको रुपमा रहेका नेवारहरू, गुरुङहरूको पनि बस्ती छ ।

काँक्रेबिहारमा बौद्धमार्गीहरूले बौद्ध स्तुपा, स्वयम्भूमा राख्ने गरेको बुद्धका उपदेशहरू लेखिएका कपडाका ध्वजाहरू राखिएका छन्, पछिल्लो चरण पर्यटन आगमन ह्वात्तै बढेपछि स्थानीयहरु पनि संरक्षण र प्रवद्र्धन लागेका छ, पुरातत्व विभागले कांक्रेविहारको पुनः निर्माण गर्ने कार्य शुरु गरेको छ, सुर्खेतको पर्यटकीय सम्पदाको महत्वपूर्ण पाटोको रुपमा रहेको कांक्रेविहारको संरक्षण र प्रवद्र्धन स्थानीय सरकार लागि परेको वीेरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए, समग्र सुर्खेतको पर्यटन विकास लागि एकिकृत योजना बनाएर अघि बढ्ने नीति रहेको सुवेदीको कथन छ ।

रारा प्रवेशद्वार सुर्खेत :

उपत्यका र पहाड मिलेर बनेको सुर्खेत उत्पत्यकाहरुको जिल्ला हो, भौगलिक तथा पूर्वाधार विकासको हिसाबले सुर्खेत राराको प्रवेशद्वार हो, आन्तरिक तथा बाह्रय पर्यटकको रोजाई पर्न सक्ने सुर्खेत जलश्रोतमा पनि वैभव छ । पछिल्लो चरणमा रारा पुग्ने पाहुनाहरु सुर्खेतमा बास बस्नेहरुको संख्या ह्वात्तै बढेको छ , राराको यात्रा तय गरेका पर्यटक सुर्खेतका गन्तव्यहरुको अवलोकन गर्ने गरेको पर्यटन व्यवसायीहरु बताँउछन्,कर्णाली लोकमार्ग खुलेपछि वर्र्षेनी ६० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकले सुर्खेत वीरेन्द्रनगरमा बास बस्ने गरेको अनुमाति तथ्याँक छ ।

कांक्रेबिहार जस्तो ऐतिहासिक संपदा, बुलबुले ताल, जाजुरादह, कर्णाली ,भेरी जलाधार, देउती बज्यै जस्ता गन्तव्यहरुको एकिकृत विकास गरि पर्यटन क्षेत्रको विकास गर्नु पर्ने सरोकारवालाहरुको मत छ, २ हजार ४ सय ५१ बर्गकिलोमिटरमा फैलिएको सुर्खेतमा ३ लाख ५० हजार बढीको बसोबास छ, पछिल्लो चरणमा थ्रिस्टार स्तरका होटेलहरुपनि संचालनमा आउन थालेपछि सुर्खेत बसाईका लागि उपयुक्त बन्दै गएको हो । मनोरम हावापानी कर्णालीको आधार क्षेत्र सुर्खेत साविकको मध्यपश्चिमान्चल क्षेत्रको प्रशासकिय मुकाम हो, कोहलपुरबाट ८६ किलोमिटर सडकदुरीमा पर्ने सुर्खेत राराको प्रवेशद्वार भएको सुर्खेत उद्योग वाणिज्य संघका पर्यटन फोकल पर्सन हरि विष्टले बताए, राज्यले पूर्वाधारको क्षेत्रमा लगानी बढाउन सके सुर्खेतको पर्यटनमा उकासिने फोकल पर्सन विष्टले जिकिर गरे ।

पछिल्लो चरण रारा गन्तव्यको प्रवद्र्धन हुन थालेको छ । राराको गेटवेको रुपमा विकसिकत हुदै गरेको सुर्खेत ट्रान्जिट प्वाइन्टको रुपमा विकास भएपछि आन्तरिक तथा बाह्य पर्यटक आगमन बढ्दै छ,चुरे र महाभारत श्रृंखलामा अवस्थित साना उपत्यकाहरुको जिल्ला सुर्खेत ऐतिहासिक धार्मिक र प्राकृतिक सम्पदाहरुले वैभव छ, राराको प्रवेशद्वाराको रुपमा परिचित सुर्खेतको पर्यटन पूर्वाधार भने अन्त्यतै कमजोर छ, कर्णाली र भेरी जस्ता ठूला जलाशलयले घेरीएको सुर्खेत कांक्रेविहार बुलबुले, जाजुरा दह देउती बज्यै र बराहताल जस्ता प्राकृतिक संपदा मौलिक जीवन,ग्रामीण खेती प्रणालको हिसाबले अब्बल छ । तर दीगो पर्यटन विकासको गुरुयोजना निर्माण गरि समग्र सुर्खेको पर्यटकीय आधार क्षेत्र बनाउन अब ढीला गर्न हुदैन । यसको लागि स्थानीय प्रदेश र संघीय सरकारले दश वर्षे पर्यटन विकासको रणनीतिक योजना अबिलम्ब कार्यान्वयन गरि सुर्खेतको अर्थतन्त्रको सुधार ल्याउन सकिन्छ ।

कर्णाली प्रदेशको मुकामको रुपमा भएपनि पूर्वाधार लगायतका धेरै क्षेत्रमा आमूल सुधार आउनुपर्ने स्थानीय माग छ , पर्यटन विकासको महत्वपूर्ण पक्ष हवाई सेवा अनियमित छ, सडक संजालको स्तरोन्नती हुन नसक्दा पाहुनाहरुले सास्ती खेप्नुपर्ने बाध्यता रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । संघीय संरचना अनुसार पाँच नगर र ४ गाँउपालिका भएको सुर्खेत साहासिक पर्यटन प्याराग्लाइडिङ र -याफिटङको पनि प्रवल संभावना छ, कर्णाली र भेरी जस्ता ठूला जलाधार क्षेत्र भएकोले सुर्खेतमा -याफिटङको व्यवसाय फस्टाउन सक्ने व्यवसायीको धारणा छ।

साभार : एबिसि अनलाइन