चनाको चट्नी बनाउने ?


चना स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक मानिन्छ।यसमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायतका विभिन्न तत्वहरु प्रशस्त मात्रामा पाइन्छन्।यसलाई भिजाएर,उसिनेर वा आलु तरकारीमा मिसाएर पनि खान सकिन्छ।

चनाको प्रयोगबाट अनुहारको छाला सुन्दर बनाउन सकिन्छ। चना भिजाएर राखेको पानीले अनुहार सफा गर्दा अनुहारको छाला सफा हुन्छ। चनाको पीठोमा मह,कागती,गुलाब जल मिलाएर बनाएको मिश्रण अनुहारमा लगाउँदा छाला दागरहित हुन्छ।चनामा ग्लुकोजको मात्रा निकै कम हुनेभएकाले डाइबेटिज भएका बिरामीले चना खानु राम्रो मानिन्छ।यति मात्र नभएर चनाबाट चटनी पनि बनाउन सकिन्छ।

 आवश्यक सामग्री

– एक कप भुटेको चना
– हरियो धनियाँ
– लसुन
– हरियो खुर्सानी (आवश्यकताअनुसार)
– कागती
– एक सानो चम्चा राई
– एक ठूलो चम्चा तेल
– पानी (आवश्यकताअनुसार)
– नुन (आवश्यकताअनुसार)
– हरियो खुर्सानी (स्वादअनुसार)

बनाउने विधि
सबैभन्दा पहिले मिक्सरमा तयार पारिएको भुटेको चना,लसुन,हरियो धनियाँ,आवश्यकअनुसार पानी,आवश्यकअनुसार नुन,हरियो खुर्सानी राखेर पिस्ने।यसरी तयार पारिएको लेदोलाई कचौरामा राख्ने।  फ्राइपीनमा तेल तताउने। तातेको तेलमा जिरा वा मेथी फुराउने। अघि कचौरामा राखेको अचारमा ताततातो तेल मिसाउने। यसरी तयारी पारिएको अचारमा कागतीको रस राख्न भने बिर्सनु हुँदैन। यो अचार जुनसुकै परिकारसँग खान सकिन्छ।

साभारः अन्नपूर्णपोष्ट