पहिलो कर्णाली महोत्सव : आर्थिक समृद्धिका लागि जुम्लामा व्यापार मेला


मानदत्त रावल

७ बैशाख, जुम्ला |

कर्णाली प्रदेशको पर्यटकीय सहर जुम्लामा प्रादेशिक औद्योगिक महोत्वस व्यापार मेला तयारी भइरहेको छ । बैशाख १३ देखि २३ सम्म संचालन हुने औद्योगिक व्यापार मेलाको तयारी तिव्र पाएको हो ।

कर्णालीमा नै पहिलो पटक आयोजना गर्न लागिएको प्रादेशिक, कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७५ लाई सफल गर्न जुम्लामा उद्योगी, होटल व्यवसायी तथा सरोकावालाहरुले तिव्र तयारी गरेका छन् ।

जुम्लाका समुचित विकास र यहाँका सम्भावानाहरुको प्रचारप्रसार गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए ।

आर्थिक संकलनका लागि अहिले विभिन्न निकायसंग छलफल भईरहेको छ । अध्यक्ष रावलले भने, तयारी स्वरुप विभिन्न नीजि तथा सरकारी क्षेत्रका व्यक्तिहरुसंग छलफल गरी तयारीलाई अन्तिम रुप दिने तयारी भईरहेको छ ।

महोत्वसमा सय बढी स्टल

कर्णालीमा पहिलो पटक १० दिन सम्म संचालन हुन थालेको प्रादेशिक महोत्सवमा झण्डै सय बढी स्टलहरु राखिने भएको छ ।  जुम्लामा पाइने अर्गानिक अन्नबालीका फापरको केक, कागुनाको खिर,जुम्ली मार्सी धानको चालम, सिमी, ओखर, चिनो, अर्गानिक सेल रोटी, कोदाका रोटी, आलु चिप्स लगायत अन्य अर्गानिक सय बढी स्टलहरु राख्ने लक्ष्य राखिएको छ । यसबाट अर्गानिक बालीको प्रचारप्रसारका साथै आर्थिक आम्दानी हुने छ ।


जुम्लामा पाईने लोपउन्मुख अन्न बालीको प्रबद्धनका लागि पनि धेरै प्रकारका स्टल राखिनु पर्ने जुम्लाका व्यपारीले बताए छन् । एक स्टल राख्नको मात्रै ५ सय शुल्क लाग्ने छ । स्टल संगै महोत्सवका क्रममा जुम्लाका सम्भावनाका बोकेका विभिन्न पर्यटकिय क्षेत्रका फोटो संकलन गरी बृत्त चित्रनै प्रस्तुत गरिने छ ।

१० दिनभरको अबधिमा स्थानीय तथा राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुकाे पनि प्रस्तुत रहेने छ । स्थानीय संस्कृत जल्काउने, ढाल नाँच, बाल नाच, देउडा, हुड्के नाच लगायतका अन्य प्रस्तुति राखिने भएको छ । महोसत्वका बेला बाहिर जिल्लाबाट आउने पाउनाहरुको व्यवस्थापनका लागि होटल व्यसायीहरु प्रतिबद्ध रहेको कान्जिरोवा होटलका प्रोप्राईटर नोर्वु लामाले बताए ।

जुम्लाका सम्भवानालाई राष्ट्यिकरण गरी आर्थिक समृद्धि गर्ने पहिलो लक्ष्य हो उनले भने तर पनि कर्णालीमा नै पहिलो पटक यति ठुलो महोत्सव गर्ने तयारी हुँदा छुनौती थुपै्र देखिएको छ । यस पटकको औद्योगिक व्यापार मेलाको प्रचारप्रसार गरी कम्तीमा एक लाख बढि पर्यटकहरु भित्राउने लक्ष्य राखिएको छ ।

आर्थिक संकलनमा मुख्य समिति

बैशाख १३ देखि २३ सम्म संचालन हुने पहिलो प्रादेशिक मेलाको अनुमानित लागत झण्डै १ करोड लाग्ने अनुमान छ । दश दिनको अबधिमा दश राष्ट्यि चर्चित कलाकार आउने छन् । साउन्ड सिष्टम देखि सजावट सबै कुरा बाहिर जिल्ला बाट व्यवस्था गर्नुपर्ने भएकाले खर्च निकै बढि हुने देखिन्छ ।

महोत्सवको मुल आयोजक जुम्ला उद्योग वाणिज्य संघ रहेको छ । भने, सहआयोजक विभिन्न होटल, उद्योगी व्यवासय मिडिया क्षेत्र रहेका छन् । जुम्लाका एक नगरपालिका सहित सात गाउँपालिकामा मुख्य समितिले महोत्सव संचालनका लागि आवश्यक भौतिक नैतिक तथा आर्थिक सहयोग गरिने भएको छ । नयाँ पत्रिका बाट