बैधानिक रुपमा रेमिट्यान्स पठाए घरजग्गा पासमा २५ प्रतिशत छुट


13318953_1093687734025937_1999230101_n१७ जेठ, काठमाण्डौ । सरकारले औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रकृयालाई प्रोत्साहन गर्न नयाा बजेटमार्फत् बिशेष छुटको ब्यबस्था गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले शनिवार संसदमा बजेट पेश गर्दै औपचारिक बैधानिक माध्यमबाट रेमिट्यान्स पठाएको प्रमाण पेश गरेमा घरजग्गा खरिद गर्दा पास शुल्कमा २५ प्रतिशत मिनाहा गर्ने घोषणा गरे ।

हाल सरकारले घरजग्गा किन्दा साढे ४ प्रतिशत राजश्व लिँदै आएको छ । यदि बिदेशबाट बैधानिक माध्यमबाट रेमिट्यान्स पठाएको प्रमाण पेश गरेमा सो शुल्कमा २५ प्रतिशत छुट पाइने ब्यबस्था नयाँ बजेटले गरेको छ । यसैगरी सोही आधारमा सरकारले बनाउन लागेका बिभिन्न परियोजनामा लगानीको अबसरसमेत दिइने अर्थमन्त्री पौडेलले घोषणा गरेका छन् । चार मुलुकसँग श्रम सम्झौता गर्ने लक्ष यसैगरी सरकारले ओमन, लेबनान, जोर्डन र मलेसियासाग यसै बर्ष श्रम सम्झौता गर्ने घोषणा गरेको छ ।

मलेसियासाग झण्डै पाँच बर्षदेखि श्रम सम्झौताको मस्यौदामाथि छलफल भइरहे पनि अझै सम्झौता हुन सकेको छैन् । नयाँ बजेटमार्फत् सरकारले बैदेशिक रोजगारीमा गएका नेपालीका लागि अर्को पनि उपहार दिएको छ- त्यो हो सीपका आधारमा प्रमाणपत्र । बिदेशबाट फर्किएका कामदारको सीप परिक्षण गर्ने र त्यसका आधारमा उनीहरुलाई प्रमाणपत्र दिने ब्यबस्था गरिने मन्त्री पौडेलले घोषणा गरेका छन् ।

साभारः अनलाइन खबर