यो हो दुनियाँको अग्लो रुखघर


यो अद्भुत घरको सिर्जना गर्ने व्यक्तिको दाबी छ कि घर बनाउनु अघि उनलाई भगवानको आदेश प्राप्त भएको थियो र आदेश अनुसार उनले त्यस अद्भुत रचना गरे ।

दाबी नगरुन् पनि किन ? ती व्यक्तिले दुनियाँकै सबैभन्दा अग्लो रुखघर अर्थात् ट्री हाउस निर्माण गरे ।

अमेरिकाको टेनिसी राज्यस्थित क्रासभिले सहरमा विश्वको सबैभन्दा अग्लो रुखघर रहेको छ । ६ वटा रुखको सहयोगले बनाइएको छ यो ट्री हाउस । घर १ सय फिट अग्लो छ, जुन १० तले घर जत्तिकै अग्लो हो ।

यो कुनै आम मानिसको घर होइन, टेनिसीस्थित एक मन्त्रीको घर हो ।

यो घर बनाउने आर्किटेक्टले सन् १९९३ मा यो घर बनाउने बारेमा सोँचेका थिए । उनले घर बनाउन सुरु गरेको ११ वर्षमा मात्र यसको निर्माण पूरा गरेका हुन् ।

यो घरको दायरा यति छ कि थाहा पाउँदा अचम्म लाग्दछ । यो १ हजार वर्ग फिटमा फैलिएको छ । घरमा चढ्ने सिँढीहरु घुमाउरो छन् । यसका साथै घरमा बाल्कोनी, बास्केटबल कोर्ट पनि रहेको छ ।

साथै घरमा विशेष पेन्ट हाउस पनि रहेको छ । पेन्ट हाउस बनाउन पूराना बोतलको प्रयोग गरिएको छ । यो घरको जग ८० फिट गहिरो बनाइएको छ । घरको हरेक तल्ला ९ देखि ११ फिटसम्म अग्लो छ ।

यो घर बनाउनका लागि १२ हजार डलर खर्च भएको बताइन्छ । स्मरणरहोस् बर्गेस नामक व्यक्तिले आफ्नी पत्नी बेल्फीका लागि यो घर बनाएका थिए ।

अनलाइनखबरबाट