दृष्टिविहिन विद्यार्थीकालागि सिरकडसना हस्तान्तरण (भिडियो सहित)


७ जेठ, सुर्खेत । दृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतले केन्द्रमा मौजुद भएका सिरक डसना कम्बल आज बागेश्वरी माध्यमिक विद्यालय सिम्ता सुर्खेतलाई हस्तान्तरण गरेको छ ।

विद्यालयका दृष्टिविहिन शिक्षक योगन्द्र शाहीले छात्रावासमा सिरक डसनाको आभाव रहेको जानकारी दिएपछि केन्द्रमा मौजुदा रहेको सिरक डसना कम्बल हस्तान्तरण गरिएको केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले बताउनुभयो ।

केन्द्रले फेसबुकको माध्यमद्वारा दाताहरुसंग आर्थिक संकलन गरि दृष्टिविहिन विद्यार्थीहरुलाई आवश्यक सामाग्री तथा छात्रबृति दिँदै आइरहेको बताउँदै अध्यक्ष शाक्यले दृष्टिविहिन विद्यार्थीहरुकालागि सुविधा सम्पन्न छात्रावास बनाउने इच्छा रहेको जानकारी दिनुभयो ।