महाकाली क्रिकेट क्लब ४ विकेटले बिजयी ।


तस्विरः बुलबुले अनलाईन ।

जेठ ८, सुर्खेत । बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा यहि जेठ ३ गते देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी भएको रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत छैठौ दिनको पहिलो खेलमा महाकाली क्रिकेट क्लबले भेरीगंगा क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ।

टस जितेर ब्याटिंग गरेको भेरीगंगा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रनको योगफल तयार गरेको थियो। जसका लागि तिलक थापाले सर्वाधिक ३७ रन तथा सौगात कार्कीले २४ रनको योगदान दिएका थिए । बलिंगतर्फ पारस केसी र महेन्द्र सावदले समान २–२ विकेट लिए भने रोबिन क्षेत्रीले किफायती बलिंग गर्दै १ विकेट लिन ४ ओभरमा मात्र ६ रन खर्चिए।

१२३ रन लक्ष्य महाकालीले १७.१ ओभरमा ६ विकेट गुमाउदै पुरा गर्यो। जसको लागि महेश साउदले सर्वाधिक अविजित २८ रन तथा पारस केसीले अविजित २३ रन बनाए। बलिंगतर्फ भेरिगंगाका शिभ डाँगी र तिलक थापाले २–२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच महेश साउद घोषित भए।