चार नेपाली पत्रकार महिलाले चुमे सगरमाथा


काठमाडाैं – चार नेपाली पत्रकार महिलाले सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहरण गरेका छन्। उनीहरुले आज बिहान ६ बजे सफल आरोहण गरेका हुन्।

सगरमाथा आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ‘फस्ट वुइमेन जर्नालिस्ट एभरेष्ट एक्सपिडिसन २०१८’ आरोहण दलका राेजिता बज्राचार्य ,कल्पना महर्जन ,रोशा बस्नेत र देउराली चाम्लिङ सगरमाथा शिखर पुगेका हुन्।

चार पत्रकार महिला सबैले साधारण रुटबाट सगरमाथा शिखर चुमेका हुन्।श्रेष्ठले नागरिक न्यूजसँग भने ‘५ जनाको समुह भएपनि अर्की पत्रकार गृहलक्ष्मी कार्की भने अस्वस्थ्यताका कारण तेस्राे शिविरबाट फिर्ता भएकी थिईन्। ‘ काठमाडौकी राेजिता नेपाल टेलिभिजनमा कार्यरत छिन् ललिपुरकी कल्पना मेगा टेलिभिजन,मोरङकी रोजा राससमा कार्यरत छिन्। भने  देउराली स्वतन्त्र पत्रकार हुन्। टोलीको नेतृत्व रोजिताले गरेकी थिईन्।’

साभारः नागरिक दैनिकबाट ।