निजी प्राविधिक शिक्षालयहरुको कार्य प्रशंसनीयः प्रदेश प्रमुख खनाल


फोटोः सन्तोष श्रेष्ठ

१९ जेठ, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले निजी प्राविधिक शिक्षालयहरुले दुर्गम जिल्लाहरुमा प्राविधिक शिक्षा अध्ययन अध्यापन गराँउदै देशकालागि क्षमतावान व्यक्ती उत्पादन गरेकोमा प्राविधिक शिक्षालयहरुको कार्यको प्रशंसा गर्नुभएको छ ।

आज (शनिवार) सम्पन्न निजी प्राविधिक शिक्षालय महासंघ कर्णाली प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश प्रमुख खनालले यस्तो बताउनुभएको हो ।

अधिवेशनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश प्रमुख खनालले प्राविधिक शिक्षालयहरुमा हुनुपर्ने आवश्यक सहयोगकालागि प्रदेश सरकारसंग आफुले पहल गर्ने बताउनुभयो ।

त्यस्तै अधिवेशनमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुबेदीले निजी प्राविधक शिक्षालयहरुको निती नियम निर्माण गर्ने पक्ष कार्यान्वयन गर्ने पक्ष र सेवाग्राही विच त्रिपक्षिय समझदारीमा काम गर्न सके प्राविधिक शिक्षा अझै प्रभावकारी हुने बताउँदै प्राविधिक शिक्षाको क्षेत्रमा स्थानीय सरकारको तर्फबाट प्राविधिक शिक्षा संचालनकालागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।


आज सम्पन्न प्रथम अधिवेशनले धर्मराज गिरीको अध्यक्षतामा आज कर्णाली प्रदेश स्तरिय कार्यसमिति गठन गरेको छ । त्यस्तै उपाध्यक्षमा उपेन्द्रबहादुर खड्का, सचिवमा मातृका रिजाल, कोषाध्यक्षमा अशोककुमार सिंह, सदस्यहरुमा कृष्णप्रसाद ढकाल हिक्मत वली र राजेन्द्र शर्मालाई सर्वसम्मत चयन गरेको हो ।

९ सदस्यीय कार्यसमितिमा २ जना सदस्य आगामी बैठकले चयन गर्ने अध्यक्ष गिरिले बताउनुभयो ।