कालीकोटबाट सुरु भयो तिला न्यूज


साउन १२, कालीकोट ।

कर्णाली प्रदेशको कालीकोट जिल्लाबाट तिलान्युज डटकम सञ्चालनमा आएको छ । प्रतिनीधिसभा सांसद मिना पाण्डेले एक कार्यक्रमका बिच तिला न्यूजको उद्घाटन गरे सँगै औपचारीक रुपमा सञ्चालनमा आएको हो ।

तिलान्युज डटकमको उद्घाटन गर्दै सांसद पाण्डेले कर्णाली जस्तो बिकट क्षेत्रमा संचार माध्यमको विकास हुनु खुसीको कुरा भन्दै ‘कर्णाली जस्तो संचार क्षेत्रको विकास नभएको ठाउँमा अनलाइन पत्रिका सञ्चालनमा आउनु राम्रो हो भन्नुभयो ।’ ‘यसले मानिसलाई सचेत गराउनुको साथै खबदारी पनि गर्छ ।’ उहाँको भनाई थियो । पछिल्लो समयमा महिला हिंसाका घटनामा बृद्धि हुने गरेकोमा दुःख ब्यक्त गर्दै ‘महिला हिंसाका अपराधिक क्रियाकलाप बढ्दै गएका छन् । बलात्कारीहरुलाई हदैसम्मको सजाय हुनुपर्छ ।’ सांसद पाण्डेको भन्नुभयो ।

कार्यक्रममा तिला कर्णाली मिडियाका अध्यक्ष तथा तिलान्युज डटकमका प्रबन्धक निर्देशक बिरेन्द्र आचार्यले प्रेस स्वतन्त्रता र पत्रकार आचारसंहिताको पूर्णपालना गर्दै स्वतन्त्र प्रेसको पक्षमा सँधै उभिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । ‘हामी आचार संहिता र पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा रहेका छौं, ‘त्यसमा कसैसँग सम्झौता गर्ने छैनौ ।’ उहाँको भनाई थियो ।


उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश सचिव पवित्रकुमार शाहीले संचार माध्यमको विकासले नागरिकमा सचेतना बढाउने भन्दै ‘त्यसका लागि सबैले अग्रगामी सोच राखेर काम गर्न पनि आग्रह गर्नुभयो ।

त्यस्तै, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य बिष्णु न्यौपानेले कर्णालीमा पछिल्लो समय संचार क्षेत्रमा विकास हुदैँ जानु सबैका लागि राम्रो पक्ष भएको भनाई राख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कालीकोटका सचिव खडानन्द अधिकारीले सञ्चारको विकासले समग्र बिकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।

कार्यक्रममा रेडियो नयाँ कर्णालीका स्टेसन म्यानेजर भरतराज बिष्टले पत्रकारिता क्षेत्र चुनौती क्षेत्र भएकाले सचेत भएर माध्यमको प्रयोग गर्नु पर्ने सुझाव दिनुभयो ।