बसले ठक्कर दिदा ११ बर्षीय प्रदीप अधिकारीको मृत्यु


फेसबुकबाट लिएको मृतक प्रदीप अधिकारीको तस्विर ।

सुर्खेत,२२ साउन । वीरेन्द्रनगरस्थित सुप्रिम बोर्डिङ् स्कूलको बसले ठक्कर दिंदा सोमबार एक बालकको मृत्यु भएको छ । विद्यार्थी बोकेर हिंडेको भे १ क ४७३ नम्बरको उक्त बसले वीरेन्द्रनगर ११ गाग्रेतालमा सोमबार साँझ बालकलाई ठक्कर दिएको हो ।

टाउकोमा ठक्कर लागेका ११ बर्षीय प्रदीप अधिकारीलाई उपचारको लागि क्षेत्रीय अस्पताल कालागाउँ लैजाँदै गर्दा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत बालक गाग्रेतालकै निर्मल अधिकारीका छोरा हुन् । उनको मृत शरीर पोष्टमार्टमका लागि शब गृहमा राखिएको छ ।

प्रहरीको अनुसन्धान टोलीले बस चालक वीरेन्द्रनगर ८ इत्राम बस्ने २४ बर्षीय तेजबहादुर रानालाई अनुसन्धानको लागि नियन्त्रणमा राखेको छ । घटनाको विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।