नयाँ मुलुकि ऐनको बिरुद्धमा यूवा सडकमा नाङ्गै


भदौ १,काठमाडौं ।

नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाएको विरोधमा राजधानीमा एक युवाले नाङ्गै प्रदर्शन गरेका छन् ।


अनामनगरस्थित हनुमानथान अगाडि नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावर बनाउने निर्णय बदरको माग गर्दै नाङ्गै प्रदर्शन गरिएको हो । ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डसहित युवा नाङ्गै सडकमा उत्रेका हुन् ।

आफूलाई पशु अधिकारकर्मी बताउने बिपिन लिम्बूले एक्कासी कपडा खोलेर सडकमा उत्रिँदै प्रदर्शन गरेको सिंहदरबार बृत्तका डिएसपी काजीकुमार आचार्यले जानकारी दिनुभयो । ति यूवालाई प्रहरीले तत्कालै पक्राउ गरिसकेको जनाइएको छ । नाङ्गै प्रदर्शन गर्ने युवालाई सिंहदरबार प्रहरी बृत्तमा राखिएको छ ।