यसपालीको तीजमा हरि विष्टको कोशेली “माइतीको आश” (भिडियो सहित)


()९ भाद्र, सुर्खेत । “हाम्रो सँस्कृति हाम्रो शान मौलिकताको जगेर्ना हाम्रो अभियान” भन्ने मुल नाराका साथ सुर्खेत यूवा कलाकार हरि विष्टले यसपालीको तीजको “माइतिको आश” लिएर गंगामाला फिल्मसको युट्यूव च्यानलबाट नयाँ तीज गित सार्वजनिक गर्नुभएको छ ।

विष्ट आफैले निर्देशन गर्नुभए तीज गितमा देवी घर्ती र राधिका हमाल स्वर, नन्दा बस्यालको नृत्य निर्देशन, करण चौसिरको छायॉकंन, प्रवीण बिष्टको सम्पादनमा करिश्मा ढकाल र आरुसी मगरको नृत्य गर्नुभएको छ ।

गित सार्वजनिक गर्दै विष्टले आफ्ना तीज गितहरुमा नेपाल मै पहिलो पटक २० लाख भन्दा माथि भिउज पाएकोमा Token of love सहित 5 पाउण्डको केक काटेर खुशियाली मनाउनुभएको थियो ।

हरेक बर्ष मौलिक तीज गितको उत्पादन गरि तीज गीतमा नम्बर १ मा रहन सफल विष्ट यसपाली पनि नम्बर १ मा रहन यसपालीको गित साथ दिन करिब निश्चित जस्तो देखिएको छ ।