पालिकाले बुझायो ज्ञापनपत्र


भाद्र १६, सुर्खेत ।

छत्रेश्वरी गाउँपालिका सल्यानले कर्णाली प्रदेश सरकारका दुई मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

छत्रेश्वरी गाउँपालिकाको कार्यालयमा पुगेका कर्णाली प्रदेश सरकारका मन्त्री द्धय आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भौतिक तथा निर्माण मन्त्री खडकबहादुर खत्रीलाई गाउँपालिका अध्यक्ष सन्तोष केसिले ज्ञापनपत्र बुझाउनु भएको हो ।

ज्ञापनपत्रमा गाउँपालिका र प्रदेश सरकारको सहकार्य आवस्यक भएकाले खानेपानी तथा एयरपोर्ट निर्माण सम्बन्धि योजनाको उचित सम्बोधनको माग गरिएको छ । वडा नम्बर ७ मा रहेको पन्नेताल खानेपानी योजना, वडा नम्बर ३ मा रहेको ज्यामिरे खानेपानी योजना र वडा नम्बर ५ को लेखपोखरा खानेपानी योजनालाई प्राथमिकता दिन आग्रह गरिएको छ । वडा नम्बर ५ लेखपोखरामा रहेको लेखपोखरा एयरपोर्टको डिपिआर तथा सम्भाब्यता अध्ययनको लागि उचित सम्बोधन गर्नुपर्ने, कर्णाली प्रदेश सरकारबाट गाउँपालिकाको भौतिक पुर्बाधार बिकास, पर्यटन, शिक्षा, सडक तथा स्वास्थ्य संस्थाको स्तरोन्नति, क्षमता बिकास तथा ब्यबस्थापकिय सुधार जस्ता क्षेत्रमा बजेट बिनियोजन भएकोमा ज्ञापनपत्र मार्फत सरकारलाई आभार ब्यक्त गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले गाउँपालिकाले बुझाएको ज्ञापनपत्रमा समाबेस भएका मागहरुलाई उचित सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।