कर्णाली प्रदेश यातायात प्रा. लि. संयन्त्र समितिको अध्यक्षमा खड्का


भाद्र २९, सुर्खेत । कर्णाली प्रदेशमा संचालित विभिन्न यातायात प्रा.लि.हरुको भेलाले आज (विहिवार) कर्णाली प्रदेश यातायात प्रा. लि. संयन्त्र समिति गठन गरेको छ ।

संयन्त्र समितिको अध्यक्षमा कमल खड्का ‘जुनी’ सर्वसम्मत चयन हुनुभएको छ । कर्णाली प्रदेशको राजधानि सुर्खेतमा सम्पन्न यातायात प्रा.लि.हरुको बिहिबार बसेको संयन्त्र बैठकले खड्काको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

भेलाले संयन्त्र समिति प्रा.लि.को वरिष्ठ उपाध्यक्षमा कार्लमाक्स श्रेष्ठ, उपाध्यक्षमा पदम बम, महासचिवमा जीवनकुमार शर्मा, सचिवमा विकास नेपाली, कोषाध्यक्षमा दावा गुरुङ्गलाई त्यस्तै सदस्यहरुमा रमेश खड्का, लोकबहादुर गुरुङ्ग, टिआर शाही ‘टिकाराम’, सोनाम लामा र निर्मल विष्टलाई सर्वसम्मत चयन गरेको छ ।


संयन्त्र समितिले यातायात प्रा.लि.हरुको हकहित तथा कर्मचारीहरुको हितमा काम गर्ने बताउँदै अध्यक्ष खड्काले नवगठित संयन्त्र समितिमा कर्णालीमा रहेकका सम्पूर्ण यातायात व्यावसाय समितिहरुलाई आउन अनुरोध गरेको जानकारी दिनुभयो ।