कर्णाली प्रदेशको इन्चार्ज शर्मा, अध्यक्ष बोगटी, सहइन्चार्ज कँडेल र सचिवमा शर्मा


असोज ५, सुर्खेत ।

नेपाल कम्युनिष्ट पार्टीले देशका सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष, सहइन्चार्ज र सचिवको टुंगो लगाएको छ । पार्टीको शुक्रबार सम्पन्न सचिवालय बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो ।

पार्टीको कर्णाली प्रदेशको इन्चार्जमा जनार्दन शर्मा, प्रदेश कमिटि अध्यक्षमा गोरखबहादुर बोगटी, सहइन्चार्जमा यमलाल कँडेल र सचिवमा मयाप्रसाद शर्मालाई जिम्मेवारी दिएको छ ।
सचिवालय बैठकले प्रदेश १ इन्चार्ज भीम आचार्य, अध्यक्षमा देवराज घिमिरे, सहइन्चार्जमा साबित्रीकुमारी काफ्ले र सचिवमा सुरेशबहादुर राईलाई जिम्बेवारी दिएकोछ भने प्रदेश २ मा इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्षमा प्रभू साह, सहइन्चार्जमा विश्वनाथ साह र सचिवमा सुमन प्याकुरेललाई जिम्बेवारी दिएको हो ।

यसैगरि प्रदेश ३ मा इन्चार्जमा अष्टलक्ष्मी शाक्य, अध्यक्ष हितबहादुर तामाङ, सहइन्चार्जमा नारायण दाहाल र सचिवमा आनन्द पोख्रेलले जिम्बेवारी पाएकाछन् भने गण्डकी प्रदेशमा इन्चार्ज पृथ्वी सुब्बा गुरुङ, अध्यक्षमा हितराज पाण्डे, सहइन्चार्जमा खगराज अधिकारी र सचिवमा गोविन्द नेपालीलाई जिम्बेवारी दिएको हो ।

यसैगरि प्रदेश ५ को इन्चार्जमा शंकर पोख्रेल, अध्यक्षमा ओनसरी घर्ती, सहइन्चार्जमा दलबहादुर राना तथा सचिवमा जगप्रसाद शर्मा तथा प्रदेश ७ को इन्चार्जमा भीम रावल, अध्यक्षमा कर्ण थापा, सहइन्चार्जमा लक्ष्मणदत्त जोशी र सचिवमा सिंहराज चौधरी (नेपबहादुर) ले जिम्बेवारी पाउनु भएको हो ।