एमयूका ६ जना उपप्राध्यापकहरु सम्मानित


तस्विरः दिपककुमार बुढा ।

सुर्खेत, १७ मंसिर । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) सेवा आयोगबाट स्थायी उपप्राध्यापक पदमा सिफारिस भएका ६ जनालाई सम्मान गरिएको छ । विद्याज्योति बहुमुखी सहकारी संस्थाद्वारा सञ्चालित विद्याज्योति माध्यमिक विद्यालय वीरेन्द्रनगर–८, सुर्खेतले सोमबार एक कार्यक्रमवीच सम्मान गरेको हो । विद्याज्योति माध्यमिक विद्यालयमा आवद्ध रहेका उपप्राध्यापकहरुलाई सम्मान गरिएको छ ।

विद्यालयमा सम्वद्ध शिक्षा शास्त्र सङ्काय नेपाली विषयमा लक्ष्मी प्रसाद आचार्य, मानविकी र सामाजिक शास्त्र सङ्काय द्वन्द्व र शान्ति अध्ययनमा कमलराज लम्साल, मानविकि र सामाजिक शास्त्र सङ्काय पत्रकारिता र आम सञ्चाल विषयमा युवराज शर्मा, शिक्षा शास्त्र सङ्काय अंग्रेजी विषयमा विष्णु कुमार खड्का, व्यवस्थापन सङ्काय कम्प्यूटर विषयमा माधव ढकालले हालै प्रकाशित नतिजामा स्थायी नियुक्ति पाएका छन् । मानविकी र सामाजिक शास्त्र सङ्काय अंग्रेजी विषयमा रेशम विष्टले यस अघिको विज्ञापनबाट स्थायी सिफारिस भएका थिए ।

सोही अवसरमा लोकसेवा आयोगबाट खरिदार पदमा सिफारिस हुन सफल देवेन्द्र अधिकारीलाई समेत सम्मान गरिएको थियो । विद्यालयसंग जोडिएको ठुलो जनशक्तिले उत्कृष्ट क्षमता प्रदर्शन गर्दै स्थायी नियुक्ति हुन सफलभएकोमा बधाई दिँदै विद्यालयका अध्यक्ष टीकाराम शर्माले विद्यालयको लागि गौरव भएको बताए । ‘यो विद्यालय निर्माणमा उहाँहरुले पु¥याउनु भएको योगदान उत्कृष्ट छ र आगामी दिनमा पनि सहयोग, सहकार्य हुनेछ’ अध्यक्ष शर्माले भने । सम्मान कार्यक्रममा विद्यालयका सचिव भिम बहादुर रोकाय, कोषाध्यक्ष शोभा तिवारी, विद्यालयका प्रिन्सिपल प्रेम बहादुर खड्का र सहायक प्रिन्सिपल मिन बहादुर बस्नेत सहितको सहभागिता रहेको थियो ।