पर्यटन पत्रकार महासंघले पाँचौ स्थापना दिवस मनाउने


मंसिर, २२  काठमाडौ

पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार महासंघ(नेफ्टोज)ले पाँचौ स्थापना दिवस मनाउने भएको छ ।

पर्यटन पत्रकार महासंघको काठमाडौमा उपलब्धी पदाधिकारीको शनिबार बैठकले स्थापना दिवस मनाउने निर्णय गरेको हो । सन २०१४ डिसेम्बरमा स्थापना भएको महासंघले यही डिसेम्बर ३१ अर्थात पौष १६ गते स्थापना दिवस मनाउदै आएको छ ।

स्थापना दिवस पौष १५ र १६ गते विविध कार्यक्रमको आयोजना गरि मनाउन लागेको हो । यस वर्ष काठमाडौमा केन्द्रीय समितिको आयोजनामा र राजधानी बाहिर प्रदेश जिल्ला शाखाले स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएका छन् । बैठकले पर्यटन पत्रकारिता पुस्कारको स्थापना, क्रियाशिल जिल्ला शाखालाई पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

बैठकले हिलारी तेन्जीङ पर्यटन पत्रकारिता पुस्कार र पासाङल्ह्यामु महिला पर्यटन पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको केन्द्रीय कोषाध्यक्ष अस्मिता गिरीले जानकारी दिइन् । पुरस्कार राशी २० हजारको हुनेछ, विनियम बनाएर पुरस्कारलाई बितरण गरिने कोषाध्यक्ष गिरीले बताइन् ।

त्यसै गरि बैठकले स्थापना दिवसको अवसरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसर र पाटनढोका दरबार स्क्वायरमा सरफाईको कार्यक्रमको तय गरिएको छ । स्थापना दिवसको अवसर पारेर महासंघको मुखपत्र नेपाल गन्तव्य मासिक पर्यटन पत्रिका समेत विमोचन गर्दैछ, स्थापना दिवसको उदघाटन र मुखपत्र विमोचनको पर्यटन मन्त्री रवीन्द्र अधिकारीले काठमाडौ गर्ने कार्यक्रम तय भएको कार्यालय सचिव साहास न्यौपानेले बताए ।

देशभर संगठन रहेको पर्यटन पत्रकारमा हाल करिब १ हजार पत्रकार आवद्ध छन् ।