पर्यटन व्यावसायमा सम्बृद्धि र सकारात्मक सोच


– दिपक जैसी

वास्तवमा नेपालीको स्वभिमान जोगाउने राष्ट्रिय आर्थिक उन्नतिका लागी सवल सक्षम जनशक्तिको अध्ययन गरी बिज्ञ समुह बाट गहिरो दिर्घकालिन निति नियम अवलम्वन गरी सकारात्मक सोभका साथ अगाडी बढेमा बिदेशी मुद्रा आर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छन् नेपाली प्राकृतिक सौन्दर्यता स्वच्छ हावापानी हराभरा वनजंगल कलकलाउदा खोलानाला ताल तलैयाका साथ कुहुकुहू कोइलिको आवाज डाँफे मुनाल साथमा लालीगुराँसले मनमोहक तुल्याउने प्राकृतिक स्पर्शकालागी पर्यटन नेपालमा आगमन हुन्छन् प्रकृतिसंग रमाउदै गर्दा उनिहरुलाई भावनालाई उजागृत गर्दै देशमा भएको स्रोत र साधनलाई उचित प्रयोग गरी पूर्वाधार निर्माणमा विशेष ध्यान दिने पर्यटन श्रेत्रको बिकासको लागी र सफलताका लागी भई राष्ट्रको अर्थतन्त्रमा प्रत्यक्ष प्रभाब पार्ने क्षेत्र राजनितिक, धार्मिक, आर्थिक, सामाजिक, साँस्कृतिकका साथै पर्यटकीय क्षेत्रको बिकाशका लागी विस्तृत योजना निर्माणमा नेपालको भौगोलिक प्राकृतिक स्रोत साधन जनशक्तिको अध्ययन गरी बिज्ञ समुह वाट गहिरो दिर्घकालिन नितिनियम अवलम्वन गरी सकारात्मक सोचका साथ अगाडी बढेमा बिदेशी मुद्रा आर्जन रोजगारीको वृद्धिसगै जनताको जिवन स्तरमा सुधार भई पर्यटन व्यवसाय नेपालको विकाश संगै अगाडी वढ्ने छ ।

वास्तवमा पर्यटन प्रवर्धनलाई सम्वर्धन गरी सोंचलाई परिवर्तन गरी जसरी आज मलेसीया ताईवान चिन जस्ता देशको काठको चर्चा हुन्छ ति देशले काठ वेचेर ठुलो प्रगती गरेका छन् । बिश्वमा कहलिएका छन् तर नेपालमा बिश्वमानै नपाईने तर नेपालमा पाईने जडिवुटी बहुमुल्य काठ दाउरा वालेर कुहिएर गईरहेका छन् ।

कुरा अहिले नेपाल सरकारले गरेको पर्यटन सम्वन्धि नयाँ सरकारले घोषणा गरेका एक सय नयाँ पर्यटकीय स्थलहरुलाई अझ बलियो पर्यटनको उर्वर भुमीको रुपमा विकास गर्न व्यपस्थित बनाउन र पर्यटन प्रवर्धनकालागी सकारात्मक सोचको महत्वपूर्णस्थान रहन्छ ।

विभिन्न कला संस्कृतिहरु र सुन्दरतम प्रकृतिकले भरिपुर्ण देश लाई बिश्व सामु चिनाई सकारात्मक सोचकासाथ आर्थिक विकासकाे पाटो पर्यटन क्षेत्रको बिकास गर्न उत्कृष्ट गन्तव्य स्थलहरुको रुपमा रहेको नेपाल जहाँ प्राकृतिक सौन्दर्यता जैविक विविधता बहुजातिय बहुभाषिय, सामाजिक, नैतिक, ऐतिहासिक, साँस्कृतिक सम्पदाले भरिपूर्ण बिश्व पर्यटनका लागी अग्र स्थानमा रहेको सर्वोच्च सिखर सगरमाथा, बुद्ध जन्मस्थल लुम्बिनी, पवित्र धार्मिकस्थल पशुपतिनाथ, जनकपुरधाम लगाएतका हजारौं पर्यटकिय स्थलहरु अवस्थित नेपाल पर्यटन प्रवर्धन र बिकासका लागी पर्यटक आगमनको पहिलो र महत्वपूर्ण कुरा हुन जान्छ ।

भन्ने गरिन्छ सन् २०१२ कुल ग्राहस्थ उत्पादन बृद्धिदर नकारात्मक रहेका पाराग्वेको अर्थतन्त्र अहिले पर्यटन कै कारण सकारात्मक हुदै गइरहेको छ । उन्नतिको मुख्यआधार भएकोले अतिथी देव भव को भावनालाई उजागृत गर्दै देशमा भएको स्रोत र साधनलाई उचित प्रयोग गरी पूर्वाधार निर्माणमा विशेष ध्यान दिएमा पर्यटन श्रेत्रको बिकासको लागी सकारात्मक सोंच हुन जरुरी हुन्छ । देशको प्रमुख बलियो खम्बाको रुपमा रहेको वा मानिएको पर्यटन व्यावसायलाई मूर्त रुप दिन र यस व्यावसायलाई प्रवर्धन गर्न सकारात्मक प्रचार प्रसार प्राथमिकताका साथ अगाडी बढाएमा नेपालको पर्यटन गन्तब्य सेवा सुबिधा मौलिकता बिश्व ब्यापी प्रसार प्रचारको रणनितिक बनाउनु पर्दछ ।

प्रमुख आय श्रोत मानिने पर्यटन व्यावसायले समृद्धीको गोरेटो तय हुनेछ । पर्यटन व्यावसायलाई फराकिलो मजबुत राष्ट्रिय तथा अर्न्तराष्ट्रि्य स्तरमा पुर्याउनको लागि नेपाल सरकारले सन २०२० सम्ममा २० देखी ५० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ । जुन लक्ष्यमा पुर्याउनका लागि पर्यटन सम्बन्धि ठोस निति कार्यक्रम ल्याउनमा पनि सरोकारवालाको ध्यान गहनताका साथ अघि बढाउन संचारको महत्वपूर्ण भूमिका रहन्छ । पर्यटन बिकासको प्रचुर सम्भावना रहेको नेपाल अर्न्तराष्ट्रिय जगतमा पर्यटन प्रवर्धन गर्न त्यसमा पनि अझ पर्यटन क्षेत्रलाई बिस्तार र व्यवस्थित गर्नकालागी सकारात्मक सोचको महत्वपूर्ण खाँचो हुन्छ ।

पर्यटकहरुले सकारात्मक अनुभव लिएर स्वदेश फर्किने वातावरण वनाउनु पर्दछ । नेपालको पर्यटन व्यवसायले सबै नागरिकहरुको जिविकोपार्जन र रोजगारीको अवसर प्राप्त हुने भएकाले यसको बिकासमा सबै नागरीक र राज्य लाग्नु पर्दछ । असम्भव मानिएका वस्तु गरेर नै सम्भव भएको हो । अन्य देशमा मानिसहरु चन्द्रमामा वस्ति वसाउन कसरत गरीरहेका छन्, समुन्द्र भित्र होटल निमार्ण सकेका छन्, नयाँ नयाँ प्रविधी अपनाईरहेका छन् भने हामी ले पर्यटन व्यवसायलाई सकारात्मक सोंचका साथ अगाडी बढाई नेपाललाई बिश्वमा सबै भन्दा सुन्दर प्राकृतिक देशको रुपमा चिनाउन सक्छौ ।

सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाललाई विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय स्थलहरुलाई बिश्वसामु चिनाउनका लागी हामीहरुलागी पर्नु पर्ने हुन्छ । जसरी मानविय आवश्यकता परिपूर्ति गर्न चाहिने गाँसवास कपासका लागी मानिसले परिश्रम गरेकै हुन्छ, सिफारिस पनि गरेकै हुन्छ, बस्तु प्रयोग र त्यसबाट सन्तुष्टिको सिफारिसको आधारमा मानवीय सन्जालको अथवा प्रयोगकर्ता बिकास गरी प्राप्त हुने बिभिन्न अवसर, हरेक क्षेत्रमा समान रुपले हरेक समुदाय प्रति लक्षित गरी उनिहरुको आर्थिक, भौतिक र स्वास्थ्यमा महत्वपूर्ण योगदान पनि दिने काम सिफारिस पद्धति ले गरेको हुन्छ त्यस्तै पर्यटन व्यवसायमा सकारात्मक सोंचका साथ सिफारिस पद्धति अनुरुप हामी अगाडी बढेमा बिदेशी मुद्रा आर्जन गरी रोजगारी मुलक समाज निमार्ण गर्न सक्छौ ।